नेभिगेशन
सबै कुरा

सालिन पोखरेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी बालिका सालिन पोखरेलको अन्त्येष्टि गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि मंगलबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा सहभागीहरुले सालिन पोखरेलको परिवारलाई न्याय दिनुपर्ने भन्दै नारा लगाएका थिए । उनीहरुले सालिन मृत्यु प्रकरणको निष्पक्ष छानविन हुनुपर्नेमा माग गरेका छन् । 

Ncell
Extreme Energy

रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोखरेल मृत फेला परेकी थिइन् । 

पोष्टमर्टम रिपोर्टअनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको छ । तर उनका आफन्तहरुले त्यसलाई स्वीकार गरेका छैनन् । मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै थप अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।