नेभिगेशन
सबै कुरा

घाटबेँसी बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा  मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । 

कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको  यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो  । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।

City Express

उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । प्रउ गौतमले भने “घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।”

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बिर्तामोड नगरपालिकामा सरसफाइ

बिर्तामोड नगरपालिकामा सरसफाइ

नगरपालिकाको तीन भवनमध्ये दुई भवनमा आगजनीबाट क्षति पुगेको छ । पुरानो गाविस भवन, नगरपालिका बनेपछि प्रयोगमा आएको नयाँ भवन र गत महिना मात्रै निर्माण गरिएको भवनमा क्षति पुगेको...
नेपाली  सेना सवार ट्रक  दुर्घटना, तीनको अबस्था गम्भीर

नेपाली  सेना सवार ट्रक  दुर्घटना, तीनको अबस्था गम्भीर

उप सेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा धनुषा जाँदै गरेको सो ट्रक मंगलबार दिउँसो करीबन ३ बजे दुर्घटनामा परेको हो । धनषा तर्फ जादै गरेका सेनाका ४ वटा ट्रक...
निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको...
सञ्चारगृहमा भएका क्षतिको महासङ्घद्वारा अनुगमन

सञ्चारगृहमा भएका क्षतिको महासङ्घद्वारा अनुगमन

यद्यपि आन्दोलनका क्रममा सञ्चारगृहका भौतिक संरचनामा क्षति पुग्नाका साथै पत्रकारहरुमाथि शारीरिक कुटपिट हुनु अत्यन्त निन्दनीय रहेको महासङ्घले जनाएको छ ।