नेभिगेशन
सबै कुरा

सरकारले जग्गा दिए क्रिकेट रंगशाला बनाउन महानगरले पहल गर्छ–बालेन साह

१९ भदौ, काठमाडौं । काठमाडौं महानगपालिकाका प्रमुख बालेन साहले सरकारले जग्गा उपलब्ध गराए महनगरले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्न तयार रहेको बताएका छन् । 

श्रीलंकामा भएको एसिया कपको नेपाल भारतबिचको खेल हेर्न पुगेका पुगेका प्रमुख शाहले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेको हुन् । 

City Express

साथै उनले श्रीलंकामा खेल हेर्दाको अनुभवबारे पनि उल्लेख गरेका छन् । सुरुमा नेपाललाई कम आँकेको भारत पछि रक्षात्मक बन्नु नै नेपालको जित भएको बताएका छन् । 

उनले लेखेका छन्, ‘फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमन (इमिग्रेसन) को कर्मचारीको प्रश्न थियो, यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ?ू श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए । 

त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०–५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बिचमा थियो । नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेका थिए । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुग्यो होला । 

टिभीमा देखिने बिराट, रोहीतहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ । उनीहरुको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरुको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो । विश्वकै उत्कृष्ट खेलाडिहरुमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वभाविक पनि थिएन । तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडिहरुको हाउभाउ पुरै रक्षात्मक बनिसकेको थियो । ठीक त्यहि बेला हामीले क्रिकेट जित्यौँ । अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ । 

गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद । 

यसैले नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडि र तल्लोतह (ग्रासरुट) मा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट (बलिङ नेट) राख्ने प्रबन्ध पहिले नै गरि सकेको छौँ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।  खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ ।
त्रिवि क्रिकेट मैदानको प्याराफिट निर्माण कार्य अन्तिम चरणमा, फ्लडलाइट जडान कहिले? (तस्विरहरु)

त्रिवि क्रिकेट मैदानको प्याराफिट निर्माण कार्य अन्तिम चरणमा, फ्लडलाइट जडान कहिले? (तस्विरहरु)

१० हजार दर्शक क्षमताको सो मैदान पूर्वी र पश्चिम खण्ड गरी दुई खण्डमा रहेको र पूर्वी खण्डमा २२९० कुर्सी राखिएको र पश्चिम खण्डमा ७ हजार ७ सय १०...
टप एण्ड टी–२० सिरिजः मेलबर्न रेनेगेड्स विरुद्ध ब्याटिङ गर्दै  नेपाल

टप एण्ड टी–२० सिरिजः मेलबर्न रेनेगेड्स विरुद्ध ब्याटिङ गर्दै नेपाल

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा भरखरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यससँगै मेलबर्न रेनेगेड्स एकेडेमीले पहिला बलिङ गर्नेछ ।
टप एन्ड टी–२० सिरिजकाे चौथाे खेलमा नेपाल ६६ रनले विजयी

टप एन्ड टी–२० सिरिजकाे चौथाे खेलमा नेपाल ६६ रनले विजयी

मंगलबार भएको खेलमा होबर्ट हुरिकेन्सलाई ६७ रनले हराउदै नेपाल विजय भएको हो ।