नेभिगेशन
समाज

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब रु ४६ लाख ३७ हजार बराबरका विभिन्न देशका अवैध मुद्रासहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित विभिन्न देशका मुद्रा फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

Marvel
Extreme Energy

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार बरामद मुद्राको स्रोत तथा प्रयोजनबारे आवश्यक अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई मुद्रासहित नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार सुओलाङको साथबाट नेपाली रु ११ लाख ८६ हजार, चिनियाँ युआन ५१ हजार ७९०, अमेरिकी डलर पाँच हजार ९६५, हङकङ डलर ४९ हजार ९९०, यूरो दुई हजार ६० तथा अष्ट्रेलियन डलर ५० बरामद भएको छ ।

पक्राउ परेका सुओलाङलाई थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज