नेभिगेशन
सबै कुरा

विश्वासको मत र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा ह्वीप जारी गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विश्वासको मतका साथै राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थीत हुन ह्वीप जारी गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा शनिबार बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थीत हुन आफ्ना दलका सदस्यहरुलाई ह्वीप जारी गर्ने निर्णय गरिएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । प्रधानमन्त्रीले विश्वासको मत लिने मिति र राष्ट्रिय सभा अध्यक्ष उम्मेद्वरका बारेमा आइतबारसम्म टुङ्गो लाग्ने उनले बताए । बैठकमा संसदको कार्यतालिकालाई प्रभावकारी बनाउने बिषय र आगामी बजेटको सिद्धान्त र प्राथमिकताको छलफलका बिषयमा पनि छलफल भएको पाण्डेले जानकारी दिए । 

City Express

बैठकमा प्रधानमन्त्री एवं माओवादी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियालाई अघि बढाउनका लागि दृढताका साथ लाग्नुपर्नेमा जोड दिएको प्रमुख समेचक पाण्डेले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

सरकारले असोज १ गते  शोक विदा दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय...
जेन–जी प्रदर्शनमा तत्कालिन सरकारले गम्भीर अपराध गरेको रास्वपाको ठहर

जेन–जी प्रदर्शनमा तत्कालिन सरकारले गम्भीर अपराध गरेको रास्वपाको ठहर

प्रवक्ता मनिष झाद्वारा विज्ञप्तीमा भनिएको छ, ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने नागरिकको मौलिक हक उल्लंघन गर्दै तत्कालिन सरकारबाट भदौ २३, २४ मा भएको...
जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

“विद्रोहबाट विस्थापित भएकाको फेरि पुनरागमन हुने अवस्था रहेछ, जनताले ‘म्यान्डेड’ दिनहुन्छ भने पनि त्यसका लागि निर्वाचनमै जानुपर्छ”, मन्त्री अर्यालले भने, “जसले नयाँ जनविद्रोह गर्नुभयो र अहिले यो अवस्था...
तोडफोड र आगजनीमा संलग्न २ वडा सभापतिलाई रास्वपाले गर्यो कारबाही

तोडफोड र आगजनीमा संलग्न २ वडा सभापतिलाई रास्वपाले गर्यो कारबाही

जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीमा संलग्न भएका पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई निलम्बन गरेको हो ।