नेभिगेशन
सबै कुरा

इलाममा रास्वपा एक्लै लड्ने, प्रदेशमा उम्मेदवारी नदिने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा हुन लागेकाे उपनिर्वाचनमा एक्लै लड्ने भएको छ । साेमबार पार्टी कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले बैशाख १५ गते इलाममा हुन गइरहेकाे उपनिर्वाचनमा आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गरेको हो ।

बैठक पछि कुरा गर्दै एक नेताले सिधाकुरासँग भने 'रास्वपाका उम्मेदवारलाई सत्तागठबन्धनको साझा उम्मेदवार बनाएर जाने विषयमा भने अन्य दलसँग छलफल हुन सक्छ'। 

City Express

त्यस्तै आजको बैठकमा इलाम भ्रमणपछि फर्किएका सांसदहरुले इलामको राजनीतिक वस्तुस्थिति पनि ब्रिफिङ गरेका थिए । बैठकले उम्मेदवार भने टुंगाएको छैन । 'केहि नामहरुमा अनौपचारिक छलफल भएपनि उम्मेदवारको नाम भने अर्को बैठकले टुंगाउने छ ।', एक नेताले भने ।

साथै रास्वपाले प्रदेश सभाका लागि बझाङमा हुने निर्वाचनमा भने उम्मेदवारी नदिने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...