नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र प्रदेश सरकारमा तत्काल सहभागी नहुने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १६ गते गर्ने भनिएको काठमाडौँ केन्द्रीत आन्दोलन चैत्र २७ गते गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय धुम्वाराहीमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चैत्र १६ गते गर्ने भनिएको काठमाडौँ केन्द्रीत जनप्रदर्शनसहितको आन्दोलन एसइईका कारण चैत्र २७ गतेलाई सार्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

CG

त्यस्तै बैठकले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा बिपक्षमा मत दिने निर्णय गरिएको अध्यक्ष लिङ्देनले बताए । उनले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गनुपर्ने अवस्था आए पार्टी अध्यक्षले उपयुक्त निर्णय लिनसक्ने निर्णय गरिएको जानकारी दिए । 

त्यस्तै उनले पार्टी नेता ठाकुर मोहन श्रेष्ठमाथि भएको आक्रमणप्रति खेद व्यक्त गर्दै थप अनुसन्धान गरि ४८ घण्टाभित्र प्रतिवेदन पेश गर्न अनुशासन समितिलाई निर्देशन दिइएको बताए । 

त्यस्तै इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी सहभागी हुने र उम्मेदवार छनोटका लागि सम्बन्धीत क्षेत्रका अध्यक्षलाई सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष लिङ्देनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसामा रमेश लेखकको कनेक्सन, तर उन्मुक्ति !

भिजिट भिसामा रमेश लेखकको कनेक्सन, तर उन्मुक्ति !

अख्तियारले अनुसन्धान गरेको भन्दै तत्कालीन सरकारले थामथुम पार्ने प्रयास गरेको थियो । तर  अख्तियारले ७ महिना अनुसन्धान गर्दा पनि उनीहरुमाथि अनुसन्धान नसकिएको दाबी गर्दै मुद्दा बुझाएको छ ।...
वनमन्त्री माधव चौलागाईंद्वारा पदबहाली, यस्ता छन् आगामी योजना

वनमन्त्री माधव चौलागाईंद्वारा पदबहाली, यस्ता छन् आगामी योजना

शुक्रबार पद तथा गोपनीयताको शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै वर्तमान सरकारको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।
प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु छ : नवनियुक्त श्रममन्त्री भण्डारी

प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु छ : नवनियुक्त श्रममन्त्री भण्डारी

“प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु पनि छ”, मन्त्री भण्डारीले भने, “अब भने हरेक प्रहरी दमनकारी हुँदैन र हरेक जेनजी विध्वंशकारी हुँदैन भनेर महसुस गराउनु छ ।”...
किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँः नवनियुक्त भूमिमन्त्री इङ्नाम

किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँः नवनियुक्त भूमिमन्त्री इङ्नाम

“नेपालको जमिन उर्बर छन्, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँ”, उनले भने ।