नेभिगेशन
सबै कुरा

१४९ वर्ष पुरानो मन्दिरका ऐतिहासिक टुँडाल र झ्याल बालेर आगो तापे लघुवित्त पीडितले

काठमाडौँ । सरकारसँग न्याय माग्न भन्दै झण्डै एक महिनादेखि लघुवित्त पीडितहरूको समूह काठमाडौँमा छ ।  काठमाडौँ आएलगत्तै भृकुटी मण्डपमा अस्थायी संरचना बनाएर बसोबास गरेका उनीहरु त्यसपछि शिफल चौर पुगे । सिफल चौरमा केही रात कटाएका उनीहरूलाई स्थानीयको विरोधपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले थापाथलीको कालमोचनघाट परिसरमा सेल्टर तोक्यो । 

बि.स. २०७२ को भूकम्पका कारण २८ वटा मन्दिरसहितको जंग हिरण्य हेमनारायण मन्दिर ध्वस्त भएपछि त्यसको पुननिर्माण अन्तिम अवस्थामा पुगेको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समिति अन्तर्गत  एशियाली विकास बैंकको सहयोगमा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको मन्दिर परिसरमा काठमाडौँको प्रशासनले पीडितलाई बास बस्न दियो । 

प्राकृतिक दूबोसहित बनाउँदै गरेको चौर र मन्दिरको पाटीमा बसेका पीडित समूहले वरपर भेटिएका दाउरा र काठलाई आगो ताप्ने स्रोतको रुपमा प्रयोग गरे । काठमाडौं महानगरपालिकाका अनुसार सो परिसरमा बसेका पीडितहरूले मन्दिर क्षेत्रको ऐतिहासिक टुँडाल सहितको काठ र झ्याललाई दाउराको रुपमा प्रयोग गरे । 


दरबार र मन्दिर क्षेत्रको पुर्न निर्माणका क्रममा प्रयोग हुनै बाँकी रहेका तथा संरक्षण गर्नु पर्ने किसिमका धेरै काठहरू बालेर पीडितले आगो तापेको पाइएको महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले सिधाकुरालाई बताए । ‘कति त्यस्ता ऐतिहासिक काठ जले भन्ने कुनै हिसाब छैन,’ पाण्डे भन्छन्, ‘पुनर्निर्माण भइरहेको दूबोको चौरमा २ सय ठाउँमा आगो बाल्न खाडल खनिएका छन् । सबै ठाउँमा त्यस्ता काठ बालिएका छन् ।’ 

महानगरका अनुसार निर्माण सम्पन्न हुनै लाग्दा गुठी संस्थान र महानगर बीच सो मन्दिरको संरक्षण र सञ्चालनका लागि सम्झौता गर्ने तयारी थियो । उक्त क्षेत्रलाई सङ्ग्राहालयका रुपमा सञ्चालन गर्न महानगरले संस्थानलाई प्रस्ताव समेत गरेको थियो । तर, एकाएक ऐतिहासिक काठ र झ्यालहरू नै आगोले बालेको पाइएपछि महानगर प्रहरीले सो काठ खोसेको प्रहरी प्रमुख पाण्डेले बताए । मन्दिर क्षेत्रमा रहेका पुराना र नयाँ काठका साथै दलिनहरू र बुट्टे झ्याल सहितका काठहरू पनि जलाइएको पाण्डेले बताए । 

मन्दिरको संरक्षण गरिरहेका गुठी संस्थानले पनि सरकारले ल्याएर राखिदिएको पीडितका कारण काठहरू जलेको बताएको छ । के कति जल्यो भन्ने यकिन नभए पनि पीडितहरूले झण्डै एक साताको बसाइमा ऐतिहासिक काठहरू बालेको संस्थानका सूचना अधिकृत जनक पोख्रेलले बताए । ‘महाशिवरात्रिको आसपास काठहरू बालिएका रहेछन्,’ पोखरेलले सिधाकुरासँग भने,‘ हामीले भोलिपल्टै थाहा पाएर त्यसलाई रोकेका छौँ ।’ 


के कति मात्रामा काठहरू जले भन्ने कुनै अभिलेख नरहेको संस्थानले जनाएको छ । महानगर र संस्थान मिलेर अहिले उनीहरूलाई संस्थान परिसरबाट हटाइएको पनि संस्थानले जनाएको छ । वि. सं १९३१ मा थापाथलीस्थित वाग्मती किनारमा उक्त मन्दिर बनाएका थिए । करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिर परिसरमा राणाले नारायण, लक्ष्मी र सरस्वतीका मूर्ति स्थापना गरी गुम्बज शैलीमा तीनतले जंग हिरण्य हेमनारायण मन्दिर निर्माण गरेका थिए । माथिल्लोपट्टि गोलाकार डोम शैलीमा चारवटा नाग सहितको गजुर र तेस्रो तल्लाको चारै कुनामा चार सिंह राखी स्थापना गरिएको मन्दिर अगाडि भने जङ्गबहादुरकै पूर्णकदको प्रतिमा छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै