नेभिगेशन
सबै कुरा

को हुन् राष्ट्रिय सभाको अध्यक्ष निर्वाचित भएका नारायणप्रसाद दाहाल ?

काठमाडौँ । नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेठो सन्तानका रुपमा दाहालको जन्म विसं २०१२ साल चैत १६ गते भएको हो । माओवादीभित्र उनलाई  ‘सरल’ नामले चिनिन्छ । बाल्यकालदेखि नै कम्युनिष्ट पार्टीप्रतिको आस्था राखेका दाहाल विद्यार्थी जीवनमै पार्टीको सक्रिय सदस्यका रुपमा क्रियाशील भएका थिए । 

Ncell
Extreme Energy

पार्टीका कामका लागि प्रवासमा अनेकौँ पीडा, कष्ट र हण्डर सहँदै नेपाली जनयुद्धलाई राजनीतिक, वैचारिक, साङ्गठनिक काममा सक्रिय हुँदै आर्थिक र भौतिक साधन स्रोत जुटाएर सफल बनाउन दाहालले अतुलनीय योगदान पुर्याएका थिए । 

विसं २०१९ मा सात वर्षको हुँदा नै परिवार चितवन बसाइँसराइ गरेको थियो । शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका दाहाल विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय भएका थिए ।  उनी बाल्यकालमै  कम्युनिष्ट पार्टीप्रति आस्थावान् बनेका थिए । कम्युनिष्ट पार्टी सत्तामा आएपछि सबै नागरिक बराबर हुन्छन् र कसैप्रति विभेद हुँदैन भन्ने चेतनाले आफूलाई कम्युनिष्ट पार्टीप्रति आकर्षित गरेको उनले सार्वजनिक रुपमा बताउँदै आएका छन् । 

कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढिरहेको अवस्थामा बजारका पुस्तक पसलमा समेत कतिपय चिनियाँ कम्युनिष्ट पार्टीका प्रकाशनहरु निःशुल्क र कतिपय पुस्तकहरु सस्तो मूल्यमै पाइन्थ्यो । विद्यार्थीकालमा नै दाहाललाई धेरै चिनियाँ कम्युनिष्ट पार्टीका ‘चीन सचित्र’, ‘रेडबुक’ जस्ता पुस्तकले थप प्रेरित गरेको थियो  । विसं २०२७ जेठ १ मा विद्यार्थी दिवसका अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै दुई घन्टा हिँडेर जुलुस र कार्यक्रममा सहभागी भएका दाहाल दाजुभाइ दुवैले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिएका थिए ।

माध्यमिक विद्यालय पढ्दै अनेरास्ववियूमा आबद्ध दाहालले २०३१ सालमा वीरेन्द्र क्याम्पस भरतपुरमा अध्ययन गर्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको पार्टी सदस्यता लिए।  तीन सदस्यीय स्थानीय पार्टी युनिट गठन गरी दाहाल पार्टी गतिविधिमा सक्रिय बने । 

विसं २०३६ मा स्नातक तह उत्तीर्ण गरेपछि एरिया पार्टी कमिटीको कोषाध्यक्ष चयन भए । सो कमिटीमा एक वर्ष काम गरेका दाहाललाई मोहनविक्रम सिंहको सल्लाहअनुसार नै पूर्णकालीन सदस्य भई भारत प्रवासको जिम्मेवारीमा काम गर्न पुगेका थिए । 

अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सह–सचिव, कोषाध्यक्ष र सचिव हुँदै २०३८ सालदेखि समाजको केन्द्रीय सचिव हुँदै दोस्रो सम्मेलनपछि महासचिव र अध्यक्षको जिम्मेवारी बहन गर्दै दाहाल पार्टी सङ्गठन विस्तारमा समर्पित रहे । सङ्गठनको मुखपत्र नेपाली एकता प्रकाशन गरी भारतमा रहने नेपालीबीच राजनीतिक कार्य अगाडि बढाउन मुख्य भूमिका खेले । 

विसं २०३७ देखि पार्टीको पूर्णकालीन सदस्य भएका दाहालले निरन्तर १८ वर्ष अखिल भारत एकता समाज र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरे ।  नवनिर्वाचित अध्यक्ष दाहालले २०५७ सालदेखि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए । 

विसं २०४६ देखि नेपाल फर्किएर पार्टी आन्दोलनमा योगदान गर्ने उद्देश्यले नेपाल फर्किएका दाहाल प्रवासको पार्टी गतिविधिमा कमी आएपछि पार्टी केन्द्रको निर्देशनमा पुनः भारत गए। सशस्त्र सङ्घर्ष उत्कर्षमा चल्दै गरेको बेला २०६० मा पार्टी निर्देशनमै नेपाल आएका दाहालले भेरी–कर्णाली क्षेत्रका  विभिन्न तीन जिल्लाको पार्टीको जिम्मेवारी पूरा गरेका थिए। उनले कास्कीको समेत जिल्ला इञ्चार्जको भूमिका निर्वाह गरेका थिए । यस्तै, काठमाडौँ उपत्यकाभित्रका तीन जिल्ला इञ्चार्ज र उपत्यका आसपासका विभिन्न जिल्लाको समेत जिल्ला इञ्चार्जको भूमिकाा निर्वाह गरेका दाहाल जनतासँग जोडिएका नेताका रुपमा स्थापित छन्। 

तत्कालीन नेकपा माओवादीको मुख्य राजनीतिक ‘एजेन्डा’ मानिएको संविधानसभामार्फत नयाँ संविधान बनाउने उद्देश्य पूरा गर्न गठन गरिएको व्यवस्थापिका–संसद् २०६३ मा उहाँ सदस्यका रुपमा भूमिका निर्वाह गरे । विसं २०६४ को संविधानसभा सदस्यको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा निर्वाचित बनेका दाहालले नेपालको ऐतिहासिक संविधानसभामार्फत समाजवाद उन्मुख संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याए । अध्यक्ष प्रचण्डको दोस्रो  प्रधानमन्त्रीकालमा दाहालले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको भूमिकासमेत निर्वाह गरे ।

परिवारका सबै सदस्य पूर्णकालीन रुपमा विभिन्न सङ्गठनमा क्रियाशील गराएका दाहालले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने विषय नै प्रमुख विषय भएको बताउँछन्। विशेषगरी पदलाई भन्दा जिम्मेवारीलाई महत्वपूर्ण ठान्ने दाहाल पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी पनि इमान्दारीपूर्वक निर्वाह गरेका उनका सहकर्मीहरु बताउँछन् । 

विधिमा पार्टी चल्ने कुरालाई आदर्श मान्ने दाहाल कम्युनिष्ट आचरणलाई प्रेरित गर्ने कुरामा विश्वास गर्छन् । पार्टीलाई जनमुखी बनाउनुपर्ने धारणा राख्ने दाहाल जनतालाई उचित लागेको कुरामा निरन्तर लाग्नुपर्ने बताउँछन् । 

वामपन्थी आन्दोलनमा नयाँ विचारको विकाससहित वैज्ञानिक समाजवादमा पुग्न सकिने उनको कथन छ । प्रधानमन्त्री प्रचण्ड र दाहालका हजुरबुबा भने सहोदर दाजुभाइ थिए । प्रचण्डका बुबा र नारायणका बुबा कास्कीको ढिकुपोखरीबाट एकै दिन २०१९ सालमा पाँच कट्ठा जमिन किनेर चितवन बसाइँ सरेका थिए । हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति सदस्यसमेत रहेका दाहाल २०७८ साल चैत २५ गते राष्ट्रपतिबाट मनोनित भई राष्ट्रियसभा सदस्य बनेका थिए । 

भारतका विभिन्न सहरमा नेपालीले गरेको दुःखदेखि गरिबी र पछौटेपनले पछाडि पारेको कर्णालीका विभिन्न बस्तीको राम्रो जानकारीराख्ने दाहाल राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी सम्हाल्ने ठाउँमा पुगेका छन् । यो भूमिकालाई उनले इमान्दारीपूर्वक निर्वाह गर्ने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी आन्दोलनले देखाएको बाटो

जेनजी आन्दोलनले देखाएको बाटो

जेनजीले सत्ता मागेन, सुशासन माग्यो। भ्रष्टाचारको अन्त्य माग्यो। भ्रष्टाचारीमाथि कारबाही माग्यो। स्वतन्त्र अभिव्यक्तिको अधिकार माग्यो। रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता माग्यो। यी कुनै असम्भव माग थिएनन्। लोकतान्त्रिक...
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...