नेभिगेशन
नेताका कुरा

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वनिर्धारित अधिवेशन तालिका संशोधन गर्न केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ ।

Ncell
Extreme Energy

कांग्रेसले यसअघि भदौ २४ मा वडा अधिवेशन गर्ने गरी तालिका ल्याएको थियो।

पार्टीभित्रको विवाद र भोटेकोशी बाढीका कारण उत्पन्न परिस्थितिका कारण पूर्वनिर्धारित तालिकाअनुसार वडा अधिवेशन हुन नसक्ने निष्कर्षमा कार्यसम्पादन समिति पुगेको थियो । 
अब असोजको पहिलो साता वडा अधिवेशन गर्ने तयारी छ ।

विवाद समाधानका लागि कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र अद्यावधिकमा लचिलो नीति अपनाएको छ भने महाधिवेशन तयारी समिति बनाउने योजना पनि नेतृत्वले बनाएको छ ।

तर, असोज १६–१९ का लागि तय गरिएको १५औँ महाधिवेशनको मिति भने परिवर्तन नहुने सभापति गगन थापाले बताउँदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।