नेभिगेशन
सबै कुरा

गठबन्धन परिवर्तन गर्दा प्रधानमन्त्रीले लगाएका आरोप स्वीकार्य छैन : नेपाली कांग्रेस

काठमाडाैँ । नेपाली कांग्रेसले सत्तागठबन्धन परिवर्तन गर्दा प्रधानमन्त्री प्रचण्डले लगाएका आरोप स्वीकार्य नभएको जनाएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता एवं निर्वतमान अर्थमन्त्री डा प्रकाशशरण महतले देशलाई सुशासनका साथै आर्थिक बृद्धिको लक्ष्यका साथ अघि बढेको र आर्थिक अवस्था पनि सुधार भएको अवस्थामा सत्तागठबन्धन परिवर्तन गर्दा प्रधानमन्त्री प्रचण्डले लगाएका आरोप स्वीकार्य नभएको बताएका हुन् । 

Global Ime Bank

उनले प्रधानमन्त्रीले कांग्रेस र कांग्रेसका मन्त्रीहरुमाथि मिथ्या आरोप लगाएको बताए। कांग्रेस महासमिति बैठकमा गठबन्धनलाई सुदृढताका साथ अगाडि बढाउने निर्णय नै भएको भन्दै उनले बैठकभित्र बोलेका कुरालाई लिएर गठबन्धन परिवर्तन गर्ने काम चालवाजी मात्रै भएको धारणा राखे । 

महतले आफुले अर्थतन्त्रको जिम्मेवारी सम्हालेपछि अहिलेको अवस्थासम्म आउदा यसलाई लयमा फर्काउन सफल भएको जिकिर गरे । मन्त्रालयमा रहँदा आफुले नियम, कानुन र विधिसम्म नभएका फाइलहरुलाई रोकेको उनले बताए । 

उनले मिथ्याङ्क गर्न आफुहरुले नजानेको भन्दै मुलुकको वास्तविक अवस्था समेत सार्वजनिक गरिसकेको बताए । महतले आफुले देश र जनताप्रतिको जिम्मेवारी पूर्णरुपमा पुरा गरेको दावी समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्ने निर्णय गरेको छ ।
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

सहरी विकास मन्त्रालयले काठमाडौँको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ...
पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई धरौटीमा रिहा गर्न...
अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश

अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश

नेपाल मेडिकल एसोसिएसनका महासचिव डा सञ्जीव तिवारीलाई अदालतको अवहेलनमा मुद्दामा ७ दिनभित्र जवाफ पेस गर्न आदेश भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको...

भर्खरै