नेभिगेशन
सबै कुरा

नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पदभार ग्रहण गरेका छन् । 

मंगलबार शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि उहाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । सिंहदरबारमा उनलाई राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, संसद सचिवालयमा महासचिव लगाएत कर्मचारीहरुले स्वागत गरेका थिए । पदभारका क्रममा उनले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्था अनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरेका छन् । सो क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै महत्वपूर्ण विधेयकहरुलाई अघि बढाउनका लागि सवै दलहरुलाई साथमा लिएर अघि बढ्ने बताए । 

Global Ime Bank

त्यस्तै दाहालले संविधान कार्यान्वयनका लागि बन्न बाँकी ऐन कानूनहरुको निर्माणलाई पनि गम्भीरताका साथ लिने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्ने निर्णय गरेको छ ।
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

सहरी विकास मन्त्रालयले काठमाडौँको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ...
पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई धरौटीमा रिहा गर्न...
अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश

अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश

नेपाल मेडिकल एसोसिएसनका महासचिव डा सञ्जीव तिवारीलाई अदालतको अवहेलनमा मुद्दामा ७ दिनभित्र जवाफ पेस गर्न आदेश भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको...

भर्खरै