नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री प्रचण्डले आज तेस्रो पटक विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् । 

सरकारलाई समर्थन दिएको कुनै दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । कांग्रेससँगको गठबन्धन भत्काएर एमाले सहितको गठबन्धन बनाएका प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन रहेको छ । 

CG

हाल २७४ सदस्यीय  प्रतिनिधिसभामा बहुमत पग्न १३८ सदस्य आवश्यक पर्छ । अहिले सत्ताा गठबन्धनसँग प्रतिनिधिसभामा १५३ सदस्य छन् । जस मध्ये एमाले ७८, माओवादी ३२, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीका १० सदस्य छन् ।

यसमध्ये एमालेका टोपबहादुर रायमाझी निलम्बनमा परेकाले मत हाल्न पाउँदैनन् भने सभामुख देवराज घिमिरेले सभाको नेतृत्वकर्ताको हिसाबले मतदानमा सहभागी हुन पाउँदैनन् । 

सत्तारुढदलहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विनै जारी गरेका छन् । एमालेको संसदीय दलको मंगलबार बसेको बैठकले विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गरेको हो । 

एउटै कार्यकालमा प्रचण्डकाे तेस्रो पटक परिक्षा

बुधबार प्रचण्डले तेस्रोपटक विश्वासको मत लिदै छन् । गत पुसमा तेस्रो पटक प्र्रधानमन्त्री भएपछि पुस २६ गते प्रचण्डले पहिलो पटक विश्वासको मत लिएका थिए । जसमा २ सय ६८  सांसदले विश्वासको मत दिएका थिए । सत्तारुढ नेकपा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र पार्टी मात्र नभई नेपाली कांग्रेस र लोसपाले समेत विश्वासको मत दिएका थिए । यो बेला प्रतिनिधिसभाको कुल ९८.१८ प्रतिशत विश्वास प्रचण्डलाई थियो ।

यस्तो दोस्रो पटक राष्ट्रपति निर्वाचनअघि गठबन्धनबाट एमाले, रास्वपा र राप्रपा बाहिरिए पछि नेपाली कांग्रेस सरकारमा भित्रियो । एमाले सहितको गठबन्धन भत्किएपछि प्रचण्डल काग्रेस, नेकपा एस, जसपा लगायत आठदलीय सत्तागठबन्धन बनाए । सत्तारुढदलले समर्थन फिर्ता लिएपछि पुन चैत  ६ गते दोस्रो पटक  विश्वासको मत लिए । यो बेला उनले एक सय ७२ सांसदको समर्थन पाएका थिए । 

र आज तेस्रो पटक विश्वासको मत लिदै छन् । अहिले पुन एमालेसँगको गठबन्धमा पुुगेका प्रचण्डलाई नेकपा एस र जसपा पनि सरकारमा सहभागी भएपछि विश्वासको मत आफ्नो पक्षमा हुनेमा ढुुक्क छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसामा रमेश लेखकको कनेक्सन, तर उन्मुक्ति !

भिजिट भिसामा रमेश लेखकको कनेक्सन, तर उन्मुक्ति !

अख्तियारले अनुसन्धान गरेको भन्दै तत्कालीन सरकारले थामथुम पार्ने प्रयास गरेको थियो । तर  अख्तियारले ७ महिना अनुसन्धान गर्दा पनि उनीहरुमाथि अनुसन्धान नसकिएको दाबी गर्दै मुद्दा बुझाएको छ ।...
वनमन्त्री माधव चौलागाईंद्वारा पदबहाली, यस्ता छन् आगामी योजना

वनमन्त्री माधव चौलागाईंद्वारा पदबहाली, यस्ता छन् आगामी योजना

शुक्रबार पद तथा गोपनीयताको शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै वर्तमान सरकारको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।
प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु छ : नवनियुक्त श्रममन्त्री भण्डारी

प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु छ : नवनियुक्त श्रममन्त्री भण्डारी

“प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु पनि छ”, मन्त्री भण्डारीले भने, “अब भने हरेक प्रहरी दमनकारी हुँदैन र हरेक जेनजी विध्वंशकारी हुँदैन भनेर महसुस गराउनु छ ।”...
किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँः नवनियुक्त भूमिमन्त्री इङ्नाम

किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँः नवनियुक्त भूमिमन्त्री इङ्नाम

“नेपालको जमिन उर्बर छन्, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँ”, उनले भने ।