नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री प्रचण्डले आज तेस्रो पटक विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारलाई समर्थन दिएको कुनै दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । कांग्रेससँगको गठबन्धन भत्काएर एमाले सहितको गठबन्धन बनाएका प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन रहेको छ । 

Ncell
Extreme Energy

हाल २७४ सदस्यीय  प्रतिनिधिसभामा बहुमत पग्न १३८ सदस्य आवश्यक पर्छ । अहिले सत्ताा गठबन्धनसँग प्रतिनिधिसभामा १५३ सदस्य छन् । जस मध्ये एमाले ७८, माओवादी ३२, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीका १० सदस्य छन् ।

यसमध्ये एमालेका टोपबहादुर रायमाझी निलम्बनमा परेकाले मत हाल्न पाउँदैनन् भने सभामुख देवराज घिमिरेले सभाको नेतृत्वकर्ताको हिसाबले मतदानमा सहभागी हुन पाउँदैनन् । 

सत्तारुढदलहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विनै जारी गरेका छन् । एमालेको संसदीय दलको मंगलबार बसेको बैठकले विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गरेको हो । 

एउटै कार्यकालमा प्रचण्डकाे तेस्रो पटक परिक्षा

बुधबार प्रचण्डले तेस्रोपटक विश्वासको मत लिदै छन् । गत पुसमा तेस्रो पटक प्र्रधानमन्त्री भएपछि पुस २६ गते प्रचण्डले पहिलो पटक विश्वासको मत लिएका थिए । जसमा २ सय ६८  सांसदले विश्वासको मत दिएका थिए । सत्तारुढ नेकपा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र पार्टी मात्र नभई नेपाली कांग्रेस र लोसपाले समेत विश्वासको मत दिएका थिए । यो बेला प्रतिनिधिसभाको कुल ९८.१८ प्रतिशत विश्वास प्रचण्डलाई थियो ।

यस्तो दोस्रो पटक राष्ट्रपति निर्वाचनअघि गठबन्धनबाट एमाले, रास्वपा र राप्रपा बाहिरिए पछि नेपाली कांग्रेस सरकारमा भित्रियो । एमाले सहितको गठबन्धन भत्किएपछि प्रचण्डल काग्रेस, नेकपा एस, जसपा लगायत आठदलीय सत्तागठबन्धन बनाए । सत्तारुढदलले समर्थन फिर्ता लिएपछि पुन चैत  ६ गते दोस्रो पटक  विश्वासको मत लिए । यो बेला उनले एक सय ७२ सांसदको समर्थन पाएका थिए । 

र आज तेस्रो पटक विश्वासको मत लिदै छन् । अहिले पुन एमालेसँगको गठबन्धमा पुुगेका प्रचण्डलाई नेकपा एस र जसपा पनि सरकारमा सहभागी भएपछि विश्वासको मत आफ्नो पक्षमा हुनेमा ढुुक्क छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...