नेभिगेशन
सबै कुरा

कांग्रेसलाई ओलीको प्रश्न : २ महिनामा सरकार परिवर्तन गर्दा स्थिर, १४ महिनापछि अस्थिर ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताको खेती नगर्न कांग्रेसलाई सुझाव दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधिसभाको बैठकमा ओलीले प्रतिस्पर्धाको प्रणालीमा कसैको बहुमत नभएको अवस्थामा सरकार परिवर्तन स्वभाविक भएको भन्दै अस्थिरताको खेती नगर्न कांग्रेसलाई सुझाव दिएका हुन् । दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता नलाग्ने तर १४ महिनापछि सरकार परिवर्तन गर्दा अस्थिरता भयो भन्न नमिल्ने उनको भनाई छ । 

Ncell
Extreme Energy

ओलीले ७० सालको चुनावपछि कांग्रेसले पटक पटक अरुलाई धोका दिदै आएको भन्दै कांग्रेसले बाचा बन्धनमा अडिएको, इमानको खानी, बेइमानी नगर्ने भन्दा आश्चर्य लागेको धारणा राखे । कांग्रेससँगको सहयात्रा असहज भएपछि प्रधानमन्त्रीको चाहना र आफूहरुको सहयोगमा सरकार पुनःगठन भएको उनले बताए । 

सरकार परिवर्तन नेपालका दलहरु मिलेर गरेकाले यसमा विदेशी वा छिमेकी मुलुकलाई जोडेर हेर्न आवश्यक नरहेको उनको भनाई छ । अध्यक्ष ओलीले देशमा विभिन्न नाममा राष्ट्रिय एकतामा भाँजो हाल्ने र समाजमा विद्वेश फैलाउने तथा पश्चगमनमा लाने प्रवृत्तिहरु देखा परेकाले देशलाई केन्द्रमा राखेर न्याय र समनाताको प्राप्तिका लागि अग्रसर हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...