नेभिगेशन
सबै कुरा

अठ्ठाइस वर्षपछि जग्गाको स्वामित्व पाउँदा...

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ का  ६८ वर्षीय नन्दसिंह साउदले जग्गा नापजाँच भएको २८ वर्ष पछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएकोमा निकै खुसी छन । वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाण पुर्जा पाएपछि ढुक्क भएकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“ऐलानी जग्गा थियो”, उनले भनिन्, “कहिले विस्थापनमा पार्ने हुन भन्ने डर सधैँ मनमा कुरा खेली रहन्थ्यो, पुर्जा पाइएपछि मर्नुअघि जग्गाको मालिक हुन पाइयो, यसमै खुसी छु ।” साउदजस्तै जग्गाधनी प्रमाण पुर्जा पाएका कालु धामीले सरकारपिच्छे बन्ने आयोगका कारण जग्गा नापजाँच भएको लामो समय सम्म पर्खनुपरेको बताइन् । 

Ncell
Extreme Energy

“वर्षौंपछि जग्गाधनी प्रमाण पुर्जा पाउँदा खुसी छौँ”, उनले भनिन्, “दुई पिँढीदेखि चलन भोग गरेको जग्गाको स्वामित्व बल्ल मिलेको छ, यस्तो अवस्थामा खुसी न हुने कुरै छैन ।” साउद र धामीसँगै दुई सय ८० परिवारको ऐलानी जग्गा विसं २०५२ मै नापजाँच भएको हो । जग्गा नापजाँच भएकामध्ये ८४ जनाले मात्रै जग्गाधनी प्रमाण पुर्जा लिएका छन् । 

जग्गा नापजाँच भएको १६ वर्ष पछि ९विसं २०६७० गठन भएको आयोगले जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउनका लागि सूचना जारी गरेपछि दुई सय ८० परिवारले राजस्वसमेत बुझाए । आयोगको म्याद सकिनै लाग्दा हतार हतारमा सेतो जग्गाधनी पुर्जा उपलब्ध गराइयो । त्यो पुर्जाले मान्यता पाएन ।

“जग्गाधनी प्रमाण पुर्जा हातमा थियो”, स्थानीय समाजसेवी दलबहादुर बोहराले भने, “मान्यता नहुँदा बैंकमा धितो राखेर न त व्यवसाय गर्नहुन्थ्यो, न वैधानिक तरिकाले खरिद बिक्री गर्ने अवस्था थियो, न अन्य कार्यका लागि मान्य थियो, पुर्जा भएर पनि अन्यौलतामा थियौँ ।” अव्यवस्थित बसोबासीलगायतलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्न गठन भएको राष्ट्रिय भूमि आयोगको जिल्लास्थित कार्यालयले विगतका आयोगले गरेका अधुरा जग्गासम्बन्धी कार्यको लगत लिने कार्य ग¥यो ।

“त्यसमा सेतो जग्गाधनी पुर्जा प्राप्त गरेका सबै जनाले लगतमा समावेश गर्नका लागि निवेदन दिन लगायौँ”, वडा अध्यक्ष चक्रबहादुर खड्काले भने, “पुराना जग्गासम्बन्धी फाइल हेर्न नगरपालिकाकै खर्चमा कर्मचारी खटायौँ ।” जग्गाधनी प्रमाण पुर्जाको अधुरो कार्यको लागि निवेदन दिएका व्यक्तिको विवरण तयार गरिएपछि आयोगबाट प्रमाणीकरणपश्चात् जग्गासम्बन्धी विवाद नभएका ८४ जनालाई पहिलो चरणमा जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन सफल भइएको उनको भनाई छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...