नेभिगेशन
सबै कुरा

बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका ११ जना कर्मचारी सर्तसहित रिहा

काठमाडौँ । बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका उच्च तहका ११ जना कर्मचारीहरू ससर्त रिहा भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फागुन १५ गते बैंकबाटै पक्राउ भएका उनीहरु माथिको अनुसन्धान सकिएपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो ९सीआईबी० ले दैनिक हाजिरी जमानीमा छोडेको हो । 

Ncell
Extreme Energy

दैनिक हाजिरी जमानीमा पक्राउ परेका बैंकहरूलाई छोडेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होमेन्द्र बोगटीले सिधाकुरालाई बताए । 

‘पक्राउ परेका बैंकहरूमाथि अनुसन्धान सकिएको छ । तत्कालका लागि थप प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएका कारण अन्य अनुसन्धान चलुन्जेल छाड्ने निर्णय भएको छ,’ एसपी बोगटीले भने, ‘सीआईबीमा दैनिक हाजिरी जमानीमा उपस्थित हुनेगरि छोड्न लागिएको हो । ’

ब्युरोले सेन्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तुलसी गौतम, सोही बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत एवं अहिलेको प्रभू बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने सहित कर्मचारीहरू सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठ लगायतलाई पक्राउ गरेको थियो । कमसल धितोमा ऋण प्रवाह गरेर बैंकको निक्षेप अपचलन गरेको आरोप उनीहरूमाथि थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

भर्खरै