नेभिगेशन
सबै कुरा

सुन तस्करीका प्रमाण मेटाएपछि सीआईबी प्रमुख एआईजी किरणलाई हटाउने तयारी

काठमाडौँ । सुन तस्करी सम्बन्धी अनुसन्धानमा लापरवाही गरेको भेटिएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआइजी किरण बज्राचार्यलाई हटाउने तयारी भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'अनुसन्धान गर्नु पर्ने व्यक्तिलाई जानेरै बचाउन खोजेको देखियो, आजै सीआईबीकाे जिम्मेवारीबाट हटाइने छ', गृह मन्त्रालय स्रोतले सिधाकुरासँग भन्यो, 'थप अनुसन्धान पछि कानुन अनुसार कारबाही सुरु हुन्छ'।

Ncell
Extreme Energy

सुन तस्करीका ‘पत्रकार माफिया जीवन चलाउने’, आफैँ भगाएर आफैँ खोज्दै सीआईबी

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भिर लापरवाही गरेको उल्लेख गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए ।

सिधाकुरासँग कुरा गर्दै लामिछानेले भने 'जो माथि अनुसन्धान गर्नु पर्ने उनीहरुलाई अनुसन्धाननै नगरी भएका प्रमाण समेत नष्ट गर्न सीआइबीले भूमिका खेलेको देखियो'।

सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्व प्रहरी प्रमुखहरुलाई जोगाउन सीआइबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उपप्रधान तथा गृह मन्त्री लामिछानेका अनुसार राज्यका जिम्मेबार भूमिका बसेका व्यक्तिले तस्करीलाई संरक्षण गर्न खोजेको भेटिएको छ । 

सुन तस्करीमा सुरक्षा निकाय र राजनीतिक व्यक्तिहरुसँग सेटिङ मिलाएका देखिएको चलाउनेलाई अनुसन्धान अधिकारीहरुले नै भगाएको प्रमाण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

'तस्करले आफ्ना प्रमाण मेटाउन खोज्नु स्वभाविक हुन सक्छ तर प्रमाण खोज्नु पर्ने प्रहरीले सूचना समेत लुकाएर छानबिनलाई नै असहयोग गरेकाे छ, लामिछानेले भने कानुनी राज्यमा अब मनपरी चल्दैन'। 

प्रतिवेदनमा सीआइबीका अन्य केहि अधिकारीहरुको समेत तस्करहरुसँग सम्बन्ध रहेको उल्लेख गरिएको छ । यस विषयमा प्रतिवेदन प्राप्त हुँदासाथ प्रहरी प्रमुखलाई जानकारी गराइ आवश्यक कारवाही अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । 'अनुसन्धानबाट जोगिएकामाथि पुन अनुसन्धान हुन्छ, प्रमाण एक ठाउँबाट डिलिट गर्दैमा सबैतिर हराउँदैन', गृह मन्त्री लामिछानेले भने ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...