नेभिगेशन
सबै कुरा

सुन तस्करीका प्रमाण मेटाएपछि सीआईबी प्रमुख एआईजी किरणलाई हटाउने तयारी

काठमाडौँ । सुन तस्करी सम्बन्धी अनुसन्धानमा लापरवाही गरेको भेटिएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआइजी किरण बज्राचार्यलाई हटाउने तयारी भएको छ ।

'अनुसन्धान गर्नु पर्ने व्यक्तिलाई जानेरै बचाउन खोजेको देखियो, आजै सीआईबीकाे जिम्मेवारीबाट हटाइने छ', गृह मन्त्रालय स्रोतले सिधाकुरासँग भन्यो, 'थप अनुसन्धान पछि कानुन अनुसार कारबाही सुरु हुन्छ'।

सुन तस्करीका ‘पत्रकार माफिया जीवन चलाउने’, आफैँ भगाएर आफैँ खोज्दै सीआईबी

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भिर लापरवाही गरेको उल्लेख गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए ।

सिधाकुरासँग कुरा गर्दै लामिछानेले भने 'जो माथि अनुसन्धान गर्नु पर्ने उनीहरुलाई अनुसन्धाननै नगरी भएका प्रमाण समेत नष्ट गर्न सीआइबीले भूमिका खेलेको देखियो'।

सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्व प्रहरी प्रमुखहरुलाई जोगाउन सीआइबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उपप्रधान तथा गृह मन्त्री लामिछानेका अनुसार राज्यका जिम्मेबार भूमिका बसेका व्यक्तिले तस्करीलाई संरक्षण गर्न खोजेको भेटिएको छ । 

सुन तस्करीमा सुरक्षा निकाय र राजनीतिक व्यक्तिहरुसँग सेटिङ मिलाएका देखिएको चलाउनेलाई अनुसन्धान अधिकारीहरुले नै भगाएको प्रमाण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

'तस्करले आफ्ना प्रमाण मेटाउन खोज्नु स्वभाविक हुन सक्छ तर प्रमाण खोज्नु पर्ने प्रहरीले सूचना समेत लुकाएर छानबिनलाई नै असहयोग गरेकाे छ, लामिछानेले भने कानुनी राज्यमा अब मनपरी चल्दैन'। 

प्रतिवेदनमा सीआइबीका अन्य केहि अधिकारीहरुको समेत तस्करहरुसँग सम्बन्ध रहेको उल्लेख गरिएको छ । यस विषयमा प्रतिवेदन प्राप्त हुँदासाथ प्रहरी प्रमुखलाई जानकारी गराइ आवश्यक कारवाही अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । 'अनुसन्धानबाट जोगिएकामाथि पुन अनुसन्धान हुन्छ, प्रमाण एक ठाउँबाट डिलिट गर्दैमा सबैतिर हराउँदैन', गृह मन्त्री लामिछानेले भने ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै