नेभिगेशन
सबै कुरा

आरजु राणाले गरिन् बाँदर व्यवस्थापनको तालिम लिन भारत जाने टोलीको विदाई

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापनका विषयमा तालिम लिन भारत जाने प्राविधिकहरुलाई बिदाई गरेकी छिन् । 

शुक्रबार प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा सभापति आरजु देउवाले बाँदर व्यवस्थापन गर्न भारतको सिमला जाने भेटेरिनरी डाक्टर, बायोल्याब स्काउटहरूलाई तथा प्रविधिकहरुलाई बिदाई गरेकी हुन् । बिदाई कार्यक्रममा समिति सभापति देउवाले नेपालका सुदुरपश्चिम , कर्णाली प्रदेश लगायतका जिल्लाहरुमा बाँदरको आतंकले घरवास नै गुमाउनुपरेको अवस्थामा यसको समाधानका लागि यो तालिम महत्वपूर्ण हुने बताइन् । साथै उनले बाँदरले निम्त्याएको समस्यालाई यस तालिमले केहि हदसम्म भएपनि समाधान गर्ने बताउँदै यस विषयले आफूलाई खुशी बनाएको उल्लेख गरिन् । 

Global Ime Bank

उनले नेपालका विभिन्न जिल्ला बाँदर आतंक रोक्नका लागि बाँदरको निर्यात, बाँदरको संख्या कसरी घटाउने र बन्धकरण विषयमा प्रविधिकहरुले भारतमा लिएर आउने तालिमले समस्या समाधान गर्नेमा विश्वस्त रहेको उल्लेख गरिन् । साथै उनले कृषि मन्त्रालयले पनि तालिममा सिकेका विषयहरुको कार्यन्वयन र बजेटमा पनि विशेष ध्यान दिन आग्रह गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्ने निर्णय गरेको छ ।
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

सहरी विकास मन्त्रालयले काठमाडौँको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ...
पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई धरौटीमा रिहा गर्न...
अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश

अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश

नेपाल मेडिकल एसोसिएसनका महासचिव डा सञ्जीव तिवारीलाई अदालतको अवहेलनमा मुद्दामा ७ दिनभित्र जवाफ पेस गर्न आदेश भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको...

भर्खरै