नेभिगेशन
सबै कुरा

आरजु राणाले गरिन् बाँदर व्यवस्थापनको तालिम लिन भारत जाने टोलीको विदाई

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापनका विषयमा तालिम लिन भारत जाने प्राविधिकहरुलाई बिदाई गरेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा सभापति आरजु देउवाले बाँदर व्यवस्थापन गर्न भारतको सिमला जाने भेटेरिनरी डाक्टर, बायोल्याब स्काउटहरूलाई तथा प्रविधिकहरुलाई बिदाई गरेकी हुन् । बिदाई कार्यक्रममा समिति सभापति देउवाले नेपालका सुदुरपश्चिम , कर्णाली प्रदेश लगायतका जिल्लाहरुमा बाँदरको आतंकले घरवास नै गुमाउनुपरेको अवस्थामा यसको समाधानका लागि यो तालिम महत्वपूर्ण हुने बताइन् । साथै उनले बाँदरले निम्त्याएको समस्यालाई यस तालिमले केहि हदसम्म भएपनि समाधान गर्ने बताउँदै यस विषयले आफूलाई खुशी बनाएको उल्लेख गरिन् । 

Ncell
Extreme Energy

उनले नेपालका विभिन्न जिल्ला बाँदर आतंक रोक्नका लागि बाँदरको निर्यात, बाँदरको संख्या कसरी घटाउने र बन्धकरण विषयमा प्रविधिकहरुले भारतमा लिएर आउने तालिमले समस्या समाधान गर्नेमा विश्वस्त रहेको उल्लेख गरिन् । साथै उनले कृषि मन्त्रालयले पनि तालिममा सिकेका विषयहरुको कार्यन्वयन र बजेटमा पनि विशेष ध्यान दिन आग्रह गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...