नेभिगेशन
सबै कुरा

राजेशमान सिंहको नागरिकता किर्ते प्रकरण : कारबाहीमा ढिलाई गरेको भन्दै चरणवद्ध आन्दोलन घोषणा

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको नागरिकता किर्ते प्रकरणमा प्रहरी प्रशासनले कारबाही प्रकृयामा ढिलाई गरेको भन्दै पर्साका ५ दलले आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार बसेको सर्वदलिय बैठकले आन्दोलनको घोषणा गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई जन्मदर्तादेखी सिफारिस सम्मका कागजात किर्ते गरेर नागरिकता दिलाईदिएका मेयर राजेशमान सिंहलाई पर्सा प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले कारबाही प्रकृया अगाडि नबढाएको भन्दै प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने सर्वदलिय बैठकले निर्णय गरेको हो । 

Ncell
Extreme Energy

वीरगंज महानगरका मेयरले रुबिना श्रेष्ठलाई किर्ते गरी नागरिकता बनाइदिएको विषयमा पुस २४ गते सिधाकुराले सप्रमाण खुलासा गरेको थियो । सिधाकुरामा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गृहमन्त्रालय सहित विभिन्न ७ ठाउँमा उजुरी परेको छ । उजुरीको अधारमा गृहमन्त्रालयले पुष्कर रानाको संयोजकत्वमा छानबिन समिति बनाएपनि हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन । गृहमन्त्रालयको छानबिन समिति तत्कालिन पञ्जीकरण अधिकारी भिखारी रायको किर्ते हस्ताक्षर प्रयोग गरी बनाएको जन्मदर्ता लगायतको किर्ते विषयमा अनुसन्धान नै नगरी फर्किएका थियो । 

गृहमन्त्रालयको छानविन समिति फर्किएको भोलिपल्ट दोश्रो श्रीमति दावी गर्दै रिता भट्टराईले जिल्ला अदालतमा अंश तथा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । अदालतमा पेश गरेको विवाहदर्ता प्रमाण पत्र र छोरीको  जन्मदर्ताको प्रमाणपत्र पनि किर्ते गरिएको पाइएको छ । उक्त प्रमाणपत्रमा हस्ताक्षर भएका तत्कालिन पञ्जिकरण अधिकारी भिखारी राय यादवले सो हस्ताक्षर आफ्नो नभएको भिडियो बयान नै दिएका छन् । त्यस्तै छोरीको जन्मदर्ता बनेको ३ बल्ल विवाहदर्ताको प्रमाणपत्र बनेको देखिएको छ । यसबाट पनि उक्त कागजात सक्कली नभएको पुष्टि हुन्छ । 

मेयर सिंहले गृहमन्त्रालयको छानविन समिति र जिल्ला अदालतमा पेश गरेको जन्मदर्ता लगायतको किर्ते कागजातको आधार बनाएर जिल्ला प्रहरी कार्यालयमा फैजदारी अभियोगको मुद्दा दर्ता गराउन खोज्दा प्रहरीले दर्ता गरेका थिएनन् । सरकारी वकिलको कार्यालयले फागुन ३ गते जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिदै उजुरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन दिएको २१ दिनपछि फागुन २४ गते बल्ल मुद्दा दर्ता भएको छ । 

पर्सा प्रहरीले जन्मदर्ता किर्ते गरेको आरोपमा उजुरी दर्ता गरेपनि कारबाही प्रकृया अगाडी नबढाएको भन्दै ५ दलले पर्सा प्रहरी प्रशासनविरुद्ध आन्दोलनको गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीका नेताहरुले विज्ञप्ती जारी गर्दै मेयर सिंहमाथि कारबाही प्रकृयामा ढिलाई भइरहेकाले आन्दोलन गर्नुपरेको बताएका छन् । 

किर्तेबाट जोगिन मेयर सिंहले पदको दुरुपयोग गर्दै एकपछि अर्को प्रमाणहरु मेटाउने प्रयत्न गरिहँदा प्रशासनले भने कुनै कारबाही प्रक्रिया अगाडि बढाउन सकेको छैन् ।  उनीहरुले मेयर सिंहविरुद्ध कारबही नहुँदासम्म आफुहरुले शुरु गरेको आन्दोलन जारी राख्ने र यसबाट श्रृजित समस्याको सम्पुर्ण जिम्मेवार प्रहरी प्रशासन हुने विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बाढीबाट प्रभावित भएकाको उद्धार, राहत र पुनःस्थापना लगायतमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर रुपमा लागिरहेको बताए ।
बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् ।
एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

साउथ–इस्ट एसिया तथा एसिया–प्यासिफिक क्षेत्रका ३० भन्दा बढी देशका मन्त्री, सिनेटर, सांसद तथा विशिष्ट प्रतिनिधिहरूको भव्य उपस्थितिमा आयोजित सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले जलवायु परिवर्तन,...
संसद्लाई फेरि एक साता विश्राम

संसद्लाई फेरि एक साता विश्राम

सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक २०८३ भदौ २४ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरे ।