नेभिगेशन
सबै कुरा

राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने ३ नेता ४ वर्षका लागि निलम्बित

काठमाडाैँ । राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा उत्रिने तीन नेतालाई पार्टीबाट निलम्बन गरिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई ४ वर्षका लागि पार्टीबाट निलम्बन गरेका हुन् । 

निलम्बनमा पर्नेहरुमा पार्टीका सहमहामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् । पार्टीको अनुशासन समितिले बुझाएको प्रतिवेदनका आधारमा उनीहरुलाई कारबाही गरिएको हो । 

City Express

गत फागुन २७ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको बेला श्रेष्ठमाथि आक्रमण भएको थियो । आक्रमणमा उत्रिनेहरुमाथि छानबिन गरि प्रतिवेदन दिन कार्यसम्पादन समितिले पार्टीको अनुशासन समितिलाई ४८ घण्टा अल्टिमेटम दिएको थियो । सोहीअनुरुप अनुशासन समितिले बुझाएको प्रतिवेदन अनुसार राप्रपाले उनीहरुलाई कारबाही गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।