नेभिगेशन
सबै कुरा

राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने ३ नेता ४ वर्षका लागि निलम्बित

काठमाडाैँ । राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा उत्रिने तीन नेतालाई पार्टीबाट निलम्बन गरिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई ४ वर्षका लागि पार्टीबाट निलम्बन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निलम्बनमा पर्नेहरुमा पार्टीका सहमहामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् । पार्टीको अनुशासन समितिले बुझाएको प्रतिवेदनका आधारमा उनीहरुलाई कारबाही गरिएको हो । 

Ncell
Extreme Energy

गत फागुन २७ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको बेला श्रेष्ठमाथि आक्रमण भएको थियो । आक्रमणमा उत्रिनेहरुमाथि छानबिन गरि प्रतिवेदन दिन कार्यसम्पादन समितिले पार्टीको अनुशासन समितिलाई ४८ घण्टा अल्टिमेटम दिएको थियो । सोहीअनुरुप अनुशासन समितिले बुझाएको प्रतिवेदन अनुसार राप्रपाले उनीहरुलाई कारबाही गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...