नेभिगेशन
सबै कुरा

मेयर सिंहलाई कारबाही माग गर्दै वीरगंजमा दोस्रो दिन पनि प्रदर्शन

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै दोस्रो दिन पनि वीरगंजमा विरोध प्रदर्शन भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्काको छोरीलाई आफ्नो भन्दै किर्ते जन्मदर्ता, किर्ते सिफारिस लागायतको कागजातबाट नागरिकता बनाईदिएका मेयर सिंहलाई कार्वाही प्रकृया अगाडी नबढाएको भन्दै जिल्लाका ५ राजनीतिक  दलले विरोध प्रदर्शन गर्दै आएको छ । 

Extreme Energy

वीरगंजको घण्टाघर चोकमा जम्मा भएका विभिन्न दलका नेता कार्यकर्ताहरुले  किर्ते नागरिकतामा दोषी देखिएका मेयरलाई गृहमन्त्रालयले गरेको छानबिन प्रतिवेदन सर्वाजनिक गरी मेयर सिंहलाई कारबाही गर्न ५ दलको सर्वदलीय बैठक तथा नागरिक समाज वीरगंजले माग गर्दै आएको छ । 

पर्सा प्रहरीले जन्मदर्तामा समेत तत्कालिन पञ्जीकरण अधिकारी भिखारी रायको किर्ते हस्ताक्षर गरेर पेश गरेको भएपनि पर्सा प्रहरीले उजुरी लिन मानेका थिएनन् । सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सालाई उजुरी दर्ता गर्न आदेश दिएपनि नयाँ गृहमन्त्री रवि लामिछाने आएपश्चात आदेशको २२ औँ दिनमा मेयर विरुद्ध फैजदारी अभियोगमा उजुरी दर्ता गरेका थिए । 

मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिलाएको विषय सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । मेयर सिंह बिरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, गृहमन्त्रालयदेखी ७ वटा निकायमा जाहेरी परेको छ । किर्ते प्रकरण सार्वजनिक भएको अढाई महिना पुग्न लाग्दा हालसम्म कार्वाही प्रकृया अगाडी बढाइएको छैन् । यता फैजदारी अभियोगमा उजुरी दर्ता गरेको १० दिन वितिशक्दा समेत पर्सा प्रहरीले अनुसन्धानमा ढिलाई गर्दै आएको प्रदर्शनकारीहरुको आरोप छ । 

शुक्रबार बसेको सर्वदलिय बैठकले किर्तेमाथि किर्ते गरेका मेयर सिंह विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो । त्यसैको पहिलो दिन शनिवार मसाल जुलुस आज दोश्रो दिन घण्टाघरमा भेला भएर विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शन कार्यक्रममा मेयर सिंहले गरिरहेको भ्रष्टाचारको विषयमा समेत कुरा उठाएको थियो । 

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य श्याम चौरसिय, मुकेश द्विवेदी, शशिकपुर मिया, नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति अनिल सिंह, २ का मोहमद साबुदिन, पुर्व वडा अध्यक्ष अनवर हुसैन एमालेका नेता लियाकत अलि, अजय गुप्ता त्यस्तै नेविसंघका उपाध्यक्ष अभन चौरसिया, बरकत अलि, तरुण दलका जिल्ला अध्यक्ष विकास तिवारी, युवा नेता रामनिवास यादव, सम्साद अलि, सुदिस प्रजापति, अभन चौरसिया, दिलिप महतो, अनिल सिंह लगायत जनता समाजवादी पार्टीका विद्यार्थी नेता, नेपाली कांग्रेस, नेकपा एमाले, जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलको नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

किर्ते नागरिकता छानबिन गरिरहेको जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालयले आलटाल गरिरहेको प्रदर्शनकारीहरुको आरोप छ । यता पर्सा प्रहरीले छानबिनमा ढिलाई गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...