नेभिगेशन
सबै कुरा

मेयर सिंहलाई कारबाही माग गर्दै वीरगंजमा दोस्रो दिन पनि प्रदर्शन

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै दोस्रो दिन पनि वीरगंजमा विरोध प्रदर्शन भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्काको छोरीलाई आफ्नो भन्दै किर्ते जन्मदर्ता, किर्ते सिफारिस लागायतको कागजातबाट नागरिकता बनाईदिएका मेयर सिंहलाई कार्वाही प्रकृया अगाडी नबढाएको भन्दै जिल्लाका ५ राजनीतिक  दलले विरोध प्रदर्शन गर्दै आएको छ । 

Ncell
Extreme Energy

वीरगंजको घण्टाघर चोकमा जम्मा भएका विभिन्न दलका नेता कार्यकर्ताहरुले  किर्ते नागरिकतामा दोषी देखिएका मेयरलाई गृहमन्त्रालयले गरेको छानबिन प्रतिवेदन सर्वाजनिक गरी मेयर सिंहलाई कारबाही गर्न ५ दलको सर्वदलीय बैठक तथा नागरिक समाज वीरगंजले माग गर्दै आएको छ । 

पर्सा प्रहरीले जन्मदर्तामा समेत तत्कालिन पञ्जीकरण अधिकारी भिखारी रायको किर्ते हस्ताक्षर गरेर पेश गरेको भएपनि पर्सा प्रहरीले उजुरी लिन मानेका थिएनन् । सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सालाई उजुरी दर्ता गर्न आदेश दिएपनि नयाँ गृहमन्त्री रवि लामिछाने आएपश्चात आदेशको २२ औँ दिनमा मेयर विरुद्ध फैजदारी अभियोगमा उजुरी दर्ता गरेका थिए । 

मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिलाएको विषय सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । मेयर सिंह बिरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, गृहमन्त्रालयदेखी ७ वटा निकायमा जाहेरी परेको छ । किर्ते प्रकरण सार्वजनिक भएको अढाई महिना पुग्न लाग्दा हालसम्म कार्वाही प्रकृया अगाडी बढाइएको छैन् । यता फैजदारी अभियोगमा उजुरी दर्ता गरेको १० दिन वितिशक्दा समेत पर्सा प्रहरीले अनुसन्धानमा ढिलाई गर्दै आएको प्रदर्शनकारीहरुको आरोप छ । 

शुक्रबार बसेको सर्वदलिय बैठकले किर्तेमाथि किर्ते गरेका मेयर सिंह विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो । त्यसैको पहिलो दिन शनिवार मसाल जुलुस आज दोश्रो दिन घण्टाघरमा भेला भएर विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शन कार्यक्रममा मेयर सिंहले गरिरहेको भ्रष्टाचारको विषयमा समेत कुरा उठाएको थियो । 

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य श्याम चौरसिय, मुकेश द्विवेदी, शशिकपुर मिया, नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति अनिल सिंह, २ का मोहमद साबुदिन, पुर्व वडा अध्यक्ष अनवर हुसैन एमालेका नेता लियाकत अलि, अजय गुप्ता त्यस्तै नेविसंघका उपाध्यक्ष अभन चौरसिया, बरकत अलि, तरुण दलका जिल्ला अध्यक्ष विकास तिवारी, युवा नेता रामनिवास यादव, सम्साद अलि, सुदिस प्रजापति, अभन चौरसिया, दिलिप महतो, अनिल सिंह लगायत जनता समाजवादी पार्टीका विद्यार्थी नेता, नेपाली कांग्रेस, नेकपा एमाले, जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलको नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

किर्ते नागरिकता छानबिन गरिरहेको जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालयले आलटाल गरिरहेको प्रदर्शनकारीहरुको आरोप छ । यता पर्सा प्रहरीले छानबिनमा ढिलाई गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बाढीबाट प्रभावित भएकाको उद्धार, राहत र पुनःस्थापना लगायतमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर रुपमा लागिरहेको बताए ।
बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् ।
एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

साउथ–इस्ट एसिया तथा एसिया–प्यासिफिक क्षेत्रका ३० भन्दा बढी देशका मन्त्री, सिनेटर, सांसद तथा विशिष्ट प्रतिनिधिहरूको भव्य उपस्थितिमा आयोजित सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले जलवायु परिवर्तन,...
संसद्लाई फेरि एक साता विश्राम

संसद्लाई फेरि एक साता विश्राम

सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक २०८३ भदौ २४ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरे ।