नेभिगेशन
सबै कुरा

लुम्बिनीका गुम्बा र विहारमा व्यवसाय नगर्न निर्देशन

लुम्बिनी । लुम्बिनी विकास कोषले यहाँका गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ ।  कोषले लुम्बिनीका विहारलाई विहार क्षेत्र विनियमावली, २०५८ अनुसार  त्यहाँ बस्ने विदेशी नागरिकको विवरण बुझाउन पनि निर्देशन दिएको छ । 

 लुम्बिनी विकास कोषको क्षेत्राधिकारका विहार क्षेत्र भगवान् बुद्धको शिक्षा र उपदेशको पूर्णरुपमा पालना गर्नुपर्ने स्थान रहेको स्मरण गराउँदै विहार क्षेत्रलाई बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रको रुपमा स्थापित गर्न अनुरोध कोषले सबै गुम्बा र विहारलाई पत्र पठाएको छ । विहारमा आउने विदेशी तथा उनीहरूको फर्कने मिति उल्लेख गरी सम्पूर्ण विवरण नियमित रूपमा कोषमा प्रस्तुत गर्न आग्रह गरिएको छ । 

Dish Home
Global Ime Bank

साथै कोषले विहार क्षेत्रमा व्यावसायिक प्रयोजनले कुनै पनि कार्य नगर्न÷नगराउन अनुरोध गरिएको छ । व्यावसायिक गतिविधि गरिएको पाइएमा कारबाही हुने चेतावनी पनि दिएको छ । 

लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यामिक एवं शान्ति केन्द्रको रुपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई सानो बौद्ध संसारको रुपमा परिकल्पना गरी यहाँ विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका लागि जग्गा उपलब्ध गराइएबमोजिम हाल बौद्ध विहार, गुम्बा, ध्यान केन्द्र निर्माण भई सञ्चालनमा रहेको कोषले जनाएको छ । गुम्बा र विहारमा पाँच जना भिक्षु÷भिक्षुणी र उनीहरुका सहयोगीको रुपमा थप पाँच जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था रहेको स्मरण गराइएको छ ।


लुम्बिनीका विहार र गुम्बामा बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा त्यस विपरीत होटललेझै  कोठा तयार गरी पर्यटक राखिएकामा आपत्ति जनाउँदै    लुम्बिनी होटल सङ्घले गत फागुन २९ गते कोषलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बजेटमाथिको छलफल भइरहँदा खाली छन् संसद्‍का कुर्सी (तस्विरहरु)

बजेटमाथिको छलफल भइरहँदा खाली छन् संसद्‍का कुर्सी (तस्विरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेल घेराउ गरेर नाराबाजी गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरएका छन् । यसकारण प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन...
संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)

संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)

उनीहरुले रोष्ट्रम अगाडी गएर नारावाजी गरेका छन् । तर सभामुखले पेलेरै बैठक अघि बढाएपछि राप्रपा र नेकपा एकिृकत समाजवादीले यो सही नभएको बताए । राप्रपाले आफ्नै आसनमा उभिएर...
सभामुखले विपक्षीलाई पेलेर अघि बढेपछि राप्रपाले बहिस्कार गर्यो संसद बैठक

सभामुखले विपक्षीलाई पेलेर अघि बढेपछि राप्रपाले बहिस्कार गर्यो संसद बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेको छ । आइतबार रास्वपा र राप्रपाको प्रदर्शन र विरोधका बिच सभामुखले बैठक पेलेर अघि बढाएपछि राप्रपाले बैठक बहिस्कार गरेको हो...
बजेटमा गोरखालाई २ वर्षदेखि उपेक्षा गरिएको भन्दै संसदको दर्शकदीर्घामा उभिए कांग्रेसका सांसद राजेन्द्र बजगाईँ

बजेटमा गोरखालाई २ वर्षदेखि उपेक्षा गरिएको भन्दै संसदको दर्शकदीर्घामा उभिए कांग्रेसका सांसद राजेन्द्र बजगाईँ

'हामीले गोरखा जिल्लाका लागि विगत २ आर्थिक वर्षदेखि विनियोजित गराउन प्रयास गरेका विकास परियोजनाहरु बजेटमा कटौती गरियो', सिधाकुरासँग बजगाइँले भने,'नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकको मौलिक...

भर्खरै