नेभिगेशन
सबै कुरा

जीप दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए। 

Ncell
Extreme Energy

सडकदेखि करिब २०० मिटर तल  खोँचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जीपबाछ दुई जनाको शव फेला परेको उनले बताए । “हिजो राति पोखरेबगरबाट छुटेको जीप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान ८ बजेतिर भिरमा अड्किएको अवस्थामा फेला परेको हो । ’

प्रहरी नायब उपरीक्षक मदन कुँवरले घारा र भुरुङ तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव सङ्कलन, पहिचान र अनुसन्धान थालेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...