नेभिगेशन
सबै कुरा

कटारी नगरपालिकामा वडाध्यक्षहरुले गरे तालाबन्दी

उदयपुर । उदयपुरको कटारी नगरपालिकाको कार्यालयमा वडाध्यक्षहरुले तालाबन्दी गरेका छन् । कार्यपालिकामा १७ जना  सदस्यले असहमति जनाएको बुँदाहरु नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई मिलेर मनोमानी गरेको भन्दै ९ जना वडाध्यक्षहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वडाध्यक्षहरुले उपभोक्ता समितिले दुःख पाएको, काम आफू अनुकूल गरेको, योजना सम्झौता नगरेको, भुक्तानीमा सर्वसाधारणलाई दुःख दिने गरेको जनगुनासो आएकाले प्रशासकीय अधिकृतको कार्यकक्ष र नगरपालिकाको  कार्यालयमा सोमबार वडा अध्यक्षहरुले तालाबन्दी गरेका हुन् ।

Ncell
Extreme Energy

प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टाराई आएपछि नगरमा बेथिति बढेको भन्दै तालाबन्दी गर्नु परेको वडा नं २ का वडा अध्यक्ष प्रेम बहादुर थापाले  बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...