नेभिगेशन
सबै कुरा

सुन तस्करीमा पक्राउ परेका महराले हिरासत अवधि अस्पतालमा कटाउने

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासत बस्नु नपर्ने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ परेका महरालाई म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जिल्ला अदालत काठमाडौँ पेश गरेको थियो । अदालतले उनलाई ४ दिन हिरासतमा राख्न आदेश दिएको छ । त्यस्तै उनको स्वास्थ्यस्थित खराब भएका कारण उनलाई ४ दिन अस्पतालमा राख्न आदेश दिएको हो । 

Ncell
Extreme Energy

भेपमा लुकाएर तस्करी गरिएको सुन प्रकरणमा महराको संलग्नता देखिएको सीआईबीको प्रतिवेदनमा उल्लेख थियो । त्यस्तै सुन प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले पनि उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । आयोगको प्रतिवेदन अध्ययन गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संलग्न सबैलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए । 

त्यसपछि प्रहरीले महरालाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...