नेभिगेशन
सबै कुरा

अनुसन्धान प्रभावित पार्न अनुसन्धान गर्नेलाई कुर्सीबाट हटाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन -रवि लामिछाने 

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका हुन् । 

एउटा पुरक वा ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने कांग्रेस दुधले नुहाएको पार्टी हो की होइन भन्ने जनताले मूल्याङ्कन गरेको लामिछानेले बताए । लामिछानले कांग्रेसलाई चार बर्ष नै संसद अवरुद्ध गर्न सुझाव दिदै सो अवधिमा आफुहरुको संयन्त्रले नेपालमा भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए । 

Global Ime Bank

उनले संसदमा विरोध गर्नु प्रतिपक्षीको अधिकार भएको र त्यसलाइ सम्मान गर्ने भन्दै छानविन आयोगको बिषय संसदको अधिकारको कुरा भएको जिकिर गरे ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जसपाका मधेश अध्यक्ष यादवको सर्लाहीका प्रहरी प्रमुखलाई धम्की,'...ए एसपी सुन्, कोहो तिमीहरु' (भिडियो)

जसपाका मधेश अध्यक्ष यादवको सर्लाहीका प्रहरी प्रमुखलाई धम्की,'...ए एसपी सुन्, कोहो तिमीहरु' (भिडियो)

त्यसपछि ‘ए, एसपी ए एसपी सुन्’ भन्दै अध्यक्ष यादवले भनेको अडियोमा सुनिन्छ ।
मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह

मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् ।
भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार छुः माधव नेपाल

भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार छुः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन् ।
रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने प्रहरीलाई हेडक्वाटर तानियो

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने प्रहरीलाई हेडक्वाटर तानियो

नेपालगञ्जमा कार्यरत सई  खड्काको जिम्मेवारीबाट हटाएर स्पष्टीकरणका लागि हेडक्वाटर झिकाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिए ।

भर्खरै