नेभिगेशन
सबै कुरा

बागलुङ बस दुर्घटनाका घाइते पोखरा विमानस्थलमा अलपत्र, यति एयरलाइन्सले चढाउन मानेन

काठमाडौँ । बागलुङमा भएको बस दुर्घटनाका घाइतेहरु पोखरा विमानस्थलमा अलपत्र परेका छन् । साेमबार साँझ पूर्वीरुकुमबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३७९ नम्बरको बस बागलुङको निसीखोलामा दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएका थिए भने २ जना घाइते भएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धौलागिरी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौ रिफर गरिएका घाइतेहरु मुसिकोट ११ का २० वर्षीय लक्ष्मी पुन र २२ वर्षीय सबिना पुन अहिले पोखरा विमानस्थलमा अलपत्र परेका छन् । 

Ncell
Extreme Energy

काठमाडौँ ल्याउनका लागि यति एयरलाइन्सको टिकट लिइएपनि विमानस्थलमा आएपछि एयरलाइन्सले बिरामी लैजान नसकिने बताएको घाइतेका आफन्तले बताएका छन् । यति एयरलाइन्सका कर्मचारीले घाइतेको अवस्था संवेदनशिल भएकाले विमानमा राख्न नसकिने बताएको आफन्त बेबिना पुनले बताइन् । 

यति एयरलाइन्सको पोखरा काउण्टरका कर्मचारी तेज बरालले घाइतेहरुको अवस्था सिटमा बसेर जान सक्ने नरहेकाले फिर्ता गरिएको बताए । बरालले भने, ‘अनलाईनबाट टिकट लिनु भएको रहेछ, ढाडमा समस्या भएकाले सिटमा राखेर लैजाने सक्ने अवस्था देखिएन, त्यसैले टिकट रिफन्ड गरेका छौँ ।’

एयरलाइन्सले फिर्ता गरेपछि लक्ष्मी र सबिना अहिले विमानस्थल बाहिर एम्बुलेन्समा छन् । 

सोमबार पूर्वी रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...