नेभिगेशन
सबै कुरा

बागलुङ बस दुर्घटनाका घाइते पोखरा विमानस्थलमा अलपत्र, यति एयरलाइन्सले चढाउन मानेन

काठमाडौँ । बागलुङमा भएको बस दुर्घटनाका घाइतेहरु पोखरा विमानस्थलमा अलपत्र परेका छन् । साेमबार साँझ पूर्वीरुकुमबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३७९ नम्बरको बस बागलुङको निसीखोलामा दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएका थिए भने २ जना घाइते भएका थिए । 

धौलागिरी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौ रिफर गरिएका घाइतेहरु मुसिकोट ११ का २० वर्षीय लक्ष्मी पुन र २२ वर्षीय सबिना पुन अहिले पोखरा विमानस्थलमा अलपत्र परेका छन् । 

काठमाडौँ ल्याउनका लागि यति एयरलाइन्सको टिकट लिइएपनि विमानस्थलमा आएपछि एयरलाइन्सले बिरामी लैजान नसकिने बताएको घाइतेका आफन्तले बताएका छन् । यति एयरलाइन्सका कर्मचारीले घाइतेको अवस्था संवेदनशिल भएकाले विमानमा राख्न नसकिने बताएको आफन्त बेबिना पुनले बताइन् । 

यति एयरलाइन्सको पोखरा काउण्टरका कर्मचारी तेज बरालले घाइतेहरुको अवस्था सिटमा बसेर जान सक्ने नरहेकाले फिर्ता गरिएको बताए । बरालले भने, ‘अनलाईनबाट टिकट लिनु भएको रहेछ, ढाडमा समस्या भएकाले सिटमा राखेर लैजाने सक्ने अवस्था देखिएन, त्यसैले टिकट रिफन्ड गरेका छौँ ।’

एयरलाइन्सले फिर्ता गरेपछि लक्ष्मी र सबिना अहिले विमानस्थल बाहिर एम्बुलेन्समा छन् । 

सोमबार पूर्वी रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै