नेभिगेशन
सबै कुरा

नागरिकता किर्ते प्रकरणमा मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै मोटरसाईकल र्याली

वीरगंज ।नागरिकता किर्ते प्रकरणमा मेयर राजेशमान सिंहलाई कारबाहीको माग गर्दै वीरगंजमा मोटरसाईकल र्याली निकालिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलन घोषणा गरेको चौथो दिन मंगलबार र्याली निकालिएको हो । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै निरन्तर आन्दोलन भईरहेको छ । वीरगंजको घण्टाघर चोकबाट निकालिएको र्याली नगरको माईस्थान, महाविरस्थान, अलखिया मठ, आदर्शनगर हुँदै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । सचेत नागरिक वीरगंजका स्थानीय सर्वसधारण तथा विभिन्न दलका नेता कार्यकर्ताहरुको सहभागितामा आन्दोलन हुँदै आएको छ । 

Extreme Energy

मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिलाएको विषय सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, गृह मन्त्रालयदेखी ७ वटा निकायमा जाहेरी परेको छ । किर्ते प्रकरण सार्वजनिक भएको अढाई महिना पुग्न लाग्दा हालसम्म कारबाही प्रकृया अगाडि बढाइएको छैन । यता फैजदारी अभियोगमा उजुरी दर्ता गरेको १२ दिन वितिशक्दा समेत पर्सा प्रहरीले अनुसन्धानमा ढिलाई गर्दै आएको प्रदर्शनकारीहरुको आरोप छ । 

शुक्रबार बसेको सर्वदलीय बैठकले किर्तेमाथि किर्ते गरेका मेयर सिंह विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो । त्यसैको पहिलो दिन शनिवार मसाल जुलुस, दोश्रो दिन घण्टाघरमा भेला भएर विरोध प्रदर्शन, तेस्रोदीन हस्ताक्षर संकलन र आज मोटरसाईकल र्याली निकालिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...