नेभिगेशन
सबै कुरा

नागरिकता किर्ते प्रकरणमा मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै मोटरसाईकल र्याली

वीरगंज ।नागरिकता किर्ते प्रकरणमा मेयर राजेशमान सिंहलाई कारबाहीको माग गर्दै वीरगंजमा मोटरसाईकल र्याली निकालिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलन घोषणा गरेको चौथो दिन मंगलबार र्याली निकालिएको हो । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै निरन्तर आन्दोलन भईरहेको छ । वीरगंजको घण्टाघर चोकबाट निकालिएको र्याली नगरको माईस्थान, महाविरस्थान, अलखिया मठ, आदर्शनगर हुँदै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । सचेत नागरिक वीरगंजका स्थानीय सर्वसधारण तथा विभिन्न दलका नेता कार्यकर्ताहरुको सहभागितामा आन्दोलन हुँदै आएको छ । 

Ncell
Extreme Energy

मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिलाएको विषय सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, गृह मन्त्रालयदेखी ७ वटा निकायमा जाहेरी परेको छ । किर्ते प्रकरण सार्वजनिक भएको अढाई महिना पुग्न लाग्दा हालसम्म कारबाही प्रकृया अगाडि बढाइएको छैन । यता फैजदारी अभियोगमा उजुरी दर्ता गरेको १२ दिन वितिशक्दा समेत पर्सा प्रहरीले अनुसन्धानमा ढिलाई गर्दै आएको प्रदर्शनकारीहरुको आरोप छ । 

शुक्रबार बसेको सर्वदलीय बैठकले किर्तेमाथि किर्ते गरेका मेयर सिंह विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो । त्यसैको पहिलो दिन शनिवार मसाल जुलुस, दोश्रो दिन घण्टाघरमा भेला भएर विरोध प्रदर्शन, तेस्रोदीन हस्ताक्षर संकलन र आज मोटरसाईकल र्याली निकालिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बाढीबाट प्रभावित भएकाको उद्धार, राहत र पुनःस्थापना लगायतमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर रुपमा लागिरहेको बताए ।
बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् ।
एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

साउथ–इस्ट एसिया तथा एसिया–प्यासिफिक क्षेत्रका ३० भन्दा बढी देशका मन्त्री, सिनेटर, सांसद तथा विशिष्ट प्रतिनिधिहरूको भव्य उपस्थितिमा आयोजित सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले जलवायु परिवर्तन,...
संसद्लाई फेरि एक साता विश्राम

संसद्लाई फेरि एक साता विश्राम

सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक २०८३ भदौ २४ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरे ।