नेभिगेशन
सबै कुरा

मन्त्री पद छोड्न तयार छु तर गलत गर्दिनँ : श्रममन्त्री अर्याल

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आफूले गलत निर्णय नगर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आफू नागरिकको सेवाका लागि मन्त्रालयको जिम्मेवारीमा आएको भन्दै मन्त्री अर्यालले बरु मन्त्री पद छोड्न तयार रहेको तर गल्ति नगर्ने बताए ।

पूर्वमन्त्री र कर्मचारीको सेटिङमा मन्त्रालयबाट विभिन्न अवैधानिक निर्णय भएको गुनासो सञ्चार माध्यामबाट पाएको भन्दै मन्त्री अर्यालले ति निर्णयमाथि पनि अनुसन्धान हुने बताए । ‘पूर्वनिर्णयहरु राम्रा छन् भने तिनलाई निरन्तरता हुन्छ तर नियतवश गरिएका निर्णयमाथि बरु म मन्त्रालय छोड्न तयार छु तर गलत निर्णय गर्दिनँ,’ मन्त्री अर्यालले भने । 

त्यस्तै उनले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समस्या पर्दा समन्वय नगर्ने वैदेशिक रोजगार विभाग र दुतावासलाई समेत कारबाही गर्ने बताए ।

नागरिक ठगिएको गुनासो लिएर सरकारका अंगहरुमा पुग्ने तर तिनिहरुले समस्या समाधान गर्नुको सट्टा थप पीडामा दिने गरेको गुनासो आएको र त्यस्तो भएको पाइएमा निर्मम भएर कारबाही गरिने उनले बताए । ‘नेपालीहरुलाई सहयोग र सहकार्य गर्न उनीहरुको स्थापना गरिएको हो’,मन्त्री अर्यालले भने, ‘यदि तिनै अंगबाट नागरिकलाई असहयोग गरेको पाइए उजुरी गर्नु, हामी तत्काल कारबाही गर्छौँ ।’

भेटघाट कार्यक्रममा पत्रकारका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले वैदेशिक रोजगारीका क्रममा अन्यायमा परेका नेपालीलाई जतिसक्दो छिटो न्याय दिनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।