नेभिगेशन
सबै कुरा

मन्त्री पद छोड्न तयार छु तर गलत गर्दिनँ : श्रममन्त्री अर्याल

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आफूले गलत निर्णय नगर्ने बताएका छन् । 


मंगलबार मन्त्रालयमा आयोजित पत्रकार अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आफू नागरिकको सेवाका लागि मन्त्रालयको जिम्मेवारीमा आएको भन्दै मन्त्री अर्यालले बरु मन्त्री पद छोड्न तयार रहेको तर गल्ति नगर्ने बताए ।

पूर्वमन्त्री र कर्मचारीको सेटिङमा मन्त्रालयबाट विभिन्न अवैधानिक निर्णय भएको गुनासो सञ्चार माध्यामबाट पाएको भन्दै मन्त्री अर्यालले ति निर्णयमाथि पनि अनुसन्धान हुने बताए । ‘पूर्वनिर्णयहरु राम्रा छन् भने तिनलाई निरन्तरता हुन्छ तर नियतवश गरिएका निर्णयमाथि बरु म मन्त्रालय छोड्न तयार छु तर गलत निर्णय गर्दिनँ,’ मन्त्री अर्यालले भने । 

त्यस्तै उनले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समस्या पर्दा समन्वय नगर्ने वैदेशिक रोजगार विभाग र दुतावासलाई समेत कारबाही गर्ने बताए ।

नागरिक ठगिएको गुनासो लिएर सरकारका अंगहरुमा पुग्ने तर तिनिहरुले समस्या समाधान गर्नुको सट्टा थप पीडामा दिने गरेको गुनासो आएको र त्यस्तो भएको पाइएमा निर्मम भएर कारबाही गरिने उनले बताए । ‘नेपालीहरुलाई सहयोग र सहकार्य गर्न उनीहरुको स्थापना गरिएको हो’,मन्त्री अर्यालले भने, ‘यदि तिनै अंगबाट नागरिकलाई असहयोग गरेको पाइए उजुरी गर्नु, हामी तत्काल कारबाही गर्छौँ ।’

भेटघाट कार्यक्रममा पत्रकारका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले वैदेशिक रोजगारीका क्रममा अन्यायमा परेका नेपालीलाई जतिसक्दो छिटो न्याय दिनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै