नेभिगेशन
सबै कुरा

गृहमन्त्रीको निर्देशनपछि ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने तयारी

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी भएको छ । मन्त्री लामिछानेको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त क्षेत्र २४ सै घण्टा खुलाउने तयारी गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री लामिछानले पदभार ग्रहणको केही दिनपछि देशभरका सुरक्षा निकायका प्रमुखसँगको अन्तक्रिया कार्यक्रममा विभिन्न पर्यटकीय क्षेत्रहरु २४ सै घण्टा खुलाउने वातावरण मिलाउन निर्देशन दिएका थिए ।

Ncell
Extreme Energy

सोहीअनुरुप जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने गरी ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुल्ला गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । 

‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (बैशाख १) भित्रै खुला हुन्छ’, प्रजिअ बस्नेतले भने,  ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ।’ 

सुरुवाती चरणमा उक्त क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गर्ने तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ।

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ। सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...