नेभिगेशन
सबै कुरा

गृहमन्त्रीको निर्देशनपछि ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने तयारी

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी भएको छ । मन्त्री लामिछानेको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त क्षेत्र २४ सै घण्टा खुलाउने तयारी गरेको हो । 

गृहमन्त्री लामिछानले पदभार ग्रहणको केही दिनपछि देशभरका सुरक्षा निकायका प्रमुखसँगको अन्तक्रिया कार्यक्रममा विभिन्न पर्यटकीय क्षेत्रहरु २४ सै घण्टा खुलाउने वातावरण मिलाउन निर्देशन दिएका थिए ।

सोहीअनुरुप जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने गरी ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुल्ला गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । 

‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (बैशाख १) भित्रै खुला हुन्छ’, प्रजिअ बस्नेतले भने,  ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ।’ 

सुरुवाती चरणमा उक्त क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गर्ने तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ।

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ। सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै