नेभिगेशन
सबै कुरा

प्रतिनिधिसभाको शिक्षा समितिको सभापतिमा नेकपा एसका अमरबहादुर थापा निर्विरोध निर्वाचित

काठमाडाैँ ।  प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित थापाले सिंहदरबारमा सभामुख समक्ष पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा थापाको मात्र उम्मेदवारी परेपछि उनलाई निर्वाचित घोषणा गरिएको हो । थापाको प्रस्तावकमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र समर्थकमा एमाले सांसद दीपा शर्मा रहेको थिए । 

Ncell
Extreme Energy

यसअघि पनि उक्त समितिको सभापतिमा नेकपा एसकै सांसद भानुभक्त जोशी रहेका थिए । जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि रिक्त रहेको सभापति पदमा नेकपा एसकै थापा निर्वाचित भएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।