नेभिगेशन
सबै कुरा

गठबन्धनले साझा उम्मेदवार बनाए उपनिर्वाचनमा उठ्नेबारे सोच्छु: झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफुले सोच्न सक्ने बताएका छन् । पार्टी कार्यालयमा सञ्चारकमीसँग कुरा गर्दै खनालले यसअघिको चूनावमा इलामले फुर्सद दिएकाले अहिले पार्टी निर्माणका साथै राष्ट्रिय राजनीतिलाई दक्षिणपन्थी भड्काउबाट बामपन्थी एकतातर्फ ल्याउने काममा लागेको अवस्थामा उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफुले सोच्न सक्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा एकीकृत समाजवादीले बैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारको तय गर्न  गठबन्धनदलहरु संग छलफल गर्ने निर्णय गरेको छ । 

Ncell
Extreme Energy

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले गठबन्धनदलहरुसंग छलफल छलफल गरेर इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारीका सन्दर्भमा पार्टीमा थप छलफल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकले इलाम २ मा प्रतिनिधि सभा सदस्य चयन र बझाङ १ मा प्रदेश सभा निर्वाचनका लागि पार्टीको प्रदेश, जिल्ला, क्षेत्रिय कमिटीहरुसंग राय सुझाव माग्ने र त्यसका आधारमा आवश्यक निर्णय लिने निष्कर्ष बैठकले निकालेको उनले बताए । 

इलाम–२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ १ मा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि ती स्थानमा उपनिर्वाचन हुन लागेको हो ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...