नेभिगेशन
सबै कुरा

रुसी सेनामा मृत्यु भएका नेपालीको पहिचानका लागि परिवारको डीएनए संकलन

काठमाडाैँ । रुसी सेनामा भर्ती भएर मृत भएका नेपालीहरुको शव पहिचानका लागि उनीहरुको परिवारको डीएनए परिक्षणका लागि नमुना संकलन गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभिन्न समयमा रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएकाहरुको शव पहिचान गर्नका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा परिवारको नमुना संकलन गरिएको हो ।

Ncell
Extreme Energy

पररास्ट्र मन्त्रालयका अनुसार गत २४ फागुन मा रुसले रुसी सेनामा मृत्यु भएका १५ जना नेपालीको  शव पहिचानका लागि नेपालबाट परिवारका सदस्यको डीएनएको नमुना पठाइदिन रूसी सरकारले पत्राचार गरेकाे थियाे । साेहीअनुसार उनीहरूकाे परिवारको नमुना परिक्षण गरिएको हो ।

कन्सुलर सेवा विभागले दाङका जीतबहादुर पुन मगर र अभिषेक बुढा, नवलपरासीका प्रेमप्रकाश न्यौपाने, बाँकेका चन्द्रबहादुर बिसी, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङ, प्यूठानका सोमेश सुनुवार र विकास राई, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, तेह्रथुमका टीकाबहादुर रानामगर र भीमबहादुर बिसी, खोटाङका क्षितिज बस्नेतको परिवारको डीएनए नमुना संकलन भएकाे जनाएकाे छ । 
कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार हालसम्म १५ जनामध्ये ८ जनाको नमूना रुस पठाइएको छ ।

परराष्ट्र मन्त्रालयका रुसी सेनामा भर्ना भएका १९ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै कन्सुलर विभागमा हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये दुई सय ७१ जना नेपाली नागरिकका आफन्तले उद्धार तथा खोजी गरिपाउँ भनि निवदेन दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...