नेभिगेशन
सबै कुरा

रुसी सेनामा मृत्यु भएका नेपालीको पहिचानका लागि परिवारको डीएनए संकलन

काठमाडाैँ । रुसी सेनामा भर्ती भएर मृत भएका नेपालीहरुको शव पहिचानका लागि उनीहरुको परिवारको डीएनए परिक्षणका लागि नमुना संकलन गरिएको छ । 

विभिन्न समयमा रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएकाहरुको शव पहिचान गर्नका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा परिवारको नमुना संकलन गरिएको हो ।

City Express

पररास्ट्र मन्त्रालयका अनुसार गत २४ फागुन मा रुसले रुसी सेनामा मृत्यु भएका १५ जना नेपालीको  शव पहिचानका लागि नेपालबाट परिवारका सदस्यको डीएनएको नमुना पठाइदिन रूसी सरकारले पत्राचार गरेकाे थियाे । साेहीअनुसार उनीहरूकाे परिवारको नमुना परिक्षण गरिएको हो ।

कन्सुलर सेवा विभागले दाङका जीतबहादुर पुन मगर र अभिषेक बुढा, नवलपरासीका प्रेमप्रकाश न्यौपाने, बाँकेका चन्द्रबहादुर बिसी, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङ, प्यूठानका सोमेश सुनुवार र विकास राई, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, तेह्रथुमका टीकाबहादुर रानामगर र भीमबहादुर बिसी, खोटाङका क्षितिज बस्नेतको परिवारको डीएनए नमुना संकलन भएकाे जनाएकाे छ । 
कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार हालसम्म १५ जनामध्ये ८ जनाको नमूना रुस पठाइएको छ ।

परराष्ट्र मन्त्रालयका रुसी सेनामा भर्ना भएका १९ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै कन्सुलर विभागमा हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये दुई सय ७१ जना नेपाली नागरिकका आफन्तले उद्धार तथा खोजी गरिपाउँ भनि निवदेन दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संविधान दिवसमा टेलिकमको ‘अफर’

संविधान दिवसमा टेलिकमको ‘अफर’

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड...
आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि बनेका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न...
चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

यात्रु सहायता कक्षमा खटिएको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र व्यवसायीसहितको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए–नभएको जाँच गर्ने नेपाल यातायात व्यवसायी...
कोटेश्वरको भाटभटेनीमा बुधबार भेटिएको शवको पहिचान खुल्यो

कोटेश्वरको भाटभटेनीमा बुधबार भेटिएको शवको पहिचान खुल्यो

उनले भने, “बुधबार बिहान अन्दाजी ९ः३० बजेको समयमा कोटेश्वर भाटभटेनीको चौथो तलामा शव जली अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो । आवश्यक प्रक्रियापश्चात उक्त शव रामेछाप...