नेभिगेशन
सबै कुरा

भिजिट भिसामा कामदार पठाउने एजेन्ट र मेनपावर अब जिल्ला प्रशासनको उच्च निगरानीमा, कारवाही गराउन सिडिओलाई गृहको निर्देशन

काठमाडौँ । मेनपावर कम्पनीहरुले भिजिट भिसामा कामदार पठाउन क्रम बढेपछि निगरानी र कारवाहीका सबै जिल्ला प्रशासनलाई गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

बिहीबार गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पठाएको निर्देशनमा भिजिट भिसामा पठाउन मेनपावरले जिल्ला खटाएका एजेन्टहरूलाई उच्च निगरानी गर्न भनिएको छ ।

Dish Home
Global Ime Bank

निर्देशनमा भनिएको छ 'वैदेशिक रोजगार कम्पनीहरुले भिजिट भिसामा कामदार विदेश पठाउने प्रवृत्ति अन्त्य गर्न त्यस्ता कम्पनीहरुको तर्फबाट जिल्लामा खटाइने प्रतिनिधि (एजेन्ट)हरु माथि उच्च निगरानी गर्ने, गराउने'।

यस्तै गृह मन्त्रालयले वैदेशिक रोजगारीका नाममा विना रसिद हुने लेनदेनलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका अनुसार अब गैरकानूनी लेनदेनको गरेको पाइएमा जिल्ला प्रशासनले कानून बमोजिम कारवाहीका गर्ने छ भने आवश्यक परे अन्य निकायमा समन्वय गराउने छ ।

गृह मन्त्रालयको निर्देशनमा भनिएको छ 'विदेश पठाइदिने नाममा हुने गैरकानूनी ९विना रसिदका० लेनदेनका कार्य नगर्न सरोकारवालाहरुलाई सुसूचित गर्ने र गैरकानूनी लेनदेन गरेको पाइएमा कानून बमोजिम कारवाही गर्न सरोकारवाला निकायबीच समन्वय गर्ने गराउने'।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा दुरुपयोग प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै रास्वपा उदयपुरको ज्ञापनपत्र

भिजिट भिसा दुरुपयोग प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै रास्वपा उदयपुरको ज्ञापनपत्र

मानव तस्करीमा संलग्न दोषीहरूमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने, पीडितहरूलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने, र यस विषयमा राजनीतिक तथा प्रशासनिक तहमा जवाफदेहिता आवश्यक रहेको जनाउँदै ज्ञापनपत्रमा गृहमन्त्रीको...
देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँः प्रधानमन्त्री

देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्कोसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताएका छन् ।
तीन शीर्ष नेताको सिंहदरबारमा भेटः सङ्क्रमणकालीन न्याय र संसद अवरोधबारे छलफल

तीन शीर्ष नेताको सिंहदरबारमा भेटः सङ्क्रमणकालीन न्याय र संसद अवरोधबारे छलफल

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारमा छलफल सुरु भएको छ।
एमालेले भन्यो, ‘भिजिट भिसामा माओवादीसँगको सम्झौताअनुसार अघि बढ्ने हो, पार्टीपिच्छे सम्झौता हुँदैन’

एमालेले भन्यो, ‘भिजिट भिसामा माओवादीसँगको सम्झौताअनुसार अघि बढ्ने हो, पार्टीपिच्छे सम्झौता हुँदैन’

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग सहमति गर्नु आवश्यक नरहेको बताएका छन् ।