नेभिगेशन
सबै कुरा

भिजिट भिसामा कामदार पठाउने एजेन्ट र मेनपावर अब जिल्ला प्रशासनको उच्च निगरानीमा, कारवाही गराउन सिडिओलाई गृहको निर्देशन

काठमाडौँ । मेनपावर कम्पनीहरुले भिजिट भिसामा कामदार पठाउन क्रम बढेपछि निगरानी र कारवाहीका सबै जिल्ला प्रशासनलाई गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पठाएको निर्देशनमा भिजिट भिसामा पठाउन मेनपावरले जिल्ला खटाएका एजेन्टहरूलाई उच्च निगरानी गर्न भनिएको छ ।

Ncell
Extreme Energy

निर्देशनमा भनिएको छ 'वैदेशिक रोजगार कम्पनीहरुले भिजिट भिसामा कामदार विदेश पठाउने प्रवृत्ति अन्त्य गर्न त्यस्ता कम्पनीहरुको तर्फबाट जिल्लामा खटाइने प्रतिनिधि (एजेन्ट)हरु माथि उच्च निगरानी गर्ने, गराउने'।

यस्तै गृह मन्त्रालयले वैदेशिक रोजगारीका नाममा विना रसिद हुने लेनदेनलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका अनुसार अब गैरकानूनी लेनदेनको गरेको पाइएमा जिल्ला प्रशासनले कानून बमोजिम कारवाहीका गर्ने छ भने आवश्यक परे अन्य निकायमा समन्वय गराउने छ ।

गृह मन्त्रालयको निर्देशनमा भनिएको छ 'विदेश पठाइदिने नाममा हुने गैरकानूनी ९विना रसिदका० लेनदेनका कार्य नगर्न सरोकारवालाहरुलाई सुसूचित गर्ने र गैरकानूनी लेनदेन गरेको पाइएमा कानून बमोजिम कारवाही गर्न सरोकारवाला निकायबीच समन्वय गर्ने गराउने'।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...

भर्खरै