नेभिगेशन
सबै कुरा

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारीकरण गर्ने निर्णय

सरकारले विवादित बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले सो निर्णय गरेको हो । 

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयरले पाएको १० रोपनी जग्गा  सरकारकै भएको ठहर गर्दै सरकारको नाममा ल्याउने निर्णय गरेको हो । कार्यालयका प्रमुख छविराम नेपालीका अनुसार उक्त जग्गा मालपोत ऐन २०३४ को दफा २४ अनुसार नेपाल सरकारको मातहत ल्याइएको हो ।

Global Ime Bank

त्यस्तै जग्गा सरकारीकरण गरिएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालीले सीआईबीको सहयोगमा लामो समयदेखि आफूहरुले उक्त जग्गा जरकारको नाममा ल्याउने प्रकिया सुरु गरेको र आज अन्तिम टुंगो लागेको बताएका छन् । 

नेपालीका अनुसार नेपाल सरकारको सहमतिबिना नै २ चरणमा गरेर १० रोपनी सरकारी जग्गा फुटवेयरको नाममा गएको हो । २०४४ भदौ ५ मा ६ रोपनी र २०४४ मंसिर १८ मा ४ रोपनी गरी कुल १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको थियो । 

२०४४ सालमा च्याम्पियन फुटवेयरको नाममा उक्त जग्गा हडपिएको भएपनि हाल उक्त जग्गामा चौधरी ग्रुपले चाँदबाग संचालन गरिरहेकाे छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?
पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)

स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पने गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । शुक्रकार अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण...
‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रालिद्वारा उत्पादन गरिएको ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।