नेभिगेशन
सबै कुरा

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारीकरण गर्ने निर्णय

सरकारले विवादित बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले सो निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयरले पाएको १० रोपनी जग्गा  सरकारकै भएको ठहर गर्दै सरकारको नाममा ल्याउने निर्णय गरेको हो । कार्यालयका प्रमुख छविराम नेपालीका अनुसार उक्त जग्गा मालपोत ऐन २०३४ को दफा २४ अनुसार नेपाल सरकारको मातहत ल्याइएको हो ।

Ncell
Extreme Energy

त्यस्तै जग्गा सरकारीकरण गरिएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालीले सीआईबीको सहयोगमा लामो समयदेखि आफूहरुले उक्त जग्गा जरकारको नाममा ल्याउने प्रकिया सुरु गरेको र आज अन्तिम टुंगो लागेको बताएका छन् । 

नेपालीका अनुसार नेपाल सरकारको सहमतिबिना नै २ चरणमा गरेर १० रोपनी सरकारी जग्गा फुटवेयरको नाममा गएको हो । २०४४ भदौ ५ मा ६ रोपनी र २०४४ मंसिर १८ मा ४ रोपनी गरी कुल १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको थियो । 

२०४४ सालमा च्याम्पियन फुटवेयरको नाममा उक्त जग्गा हडपिएको भएपनि हाल उक्त जग्गामा चौधरी ग्रुपले चाँदबाग संचालन गरिरहेकाे छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...