नेभिगेशन
सबै कुरा

‘कांग्रेस म जवाफ दिन म कहाँ आउँ ?’ – गृहमन्त्री रवि लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसलाई जवाफ दिन आफू तयार रहेको बताएका छन् । सहकारी ठगीमा मुछिएको भन्दै कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा माग्दै संसद अवरुद्ध गरर्दै आएको छ । उनले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा त्यसबारे कांग्रेसलाई जवाफ दिन तयार रहेको बताएका हुन् । 

गृहमन्त्री लामिछानेले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्नु भयो। म आफैं संसदमै जवाफ दिन तयार छु। तर, कांग्रेस राजीनामा र संसदीय समिति भनिरहेको छ। सदनमा जवाफ दिन नपाए खुला ठाउँमा दिन तयार छु। जवाफ काठमाडौं क्षेत्र नम्बर–४ मा दिन पाए झनै राम्रो। कांग्रेस, जवाफ दिन म कहाँ आउँ ?’

Global Ime Bank

साथै उनले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राईलाई पनि जसरी हुन्छ पक्राउ गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘आकाशमा होस्, पातलमा होस्, जीवी राईलाई समातिन्छ। पीडितको बचत ब्याजसहित फिर्ता गराउँछौं। पीडितको बहानामा व्यक्तिको चरित्र हत्या र राजनीति गर्नेसँग मेरो संवाद हुन्न। तर, वास्तविक पीडितको पक्षमा काम गर्छौँ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?
पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)

स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पने गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । शुक्रकार अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण...
‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रालिद्वारा उत्पादन गरिएको ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।