नेभिगेशन
सबै कुरा

नेपाल सम्वत्को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण

काठमाडौँ । राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सफ्टवेयर र एप हस्तान्तरण गरेका हुन् । 

Ncell
Extreme Energy

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वत्को गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गरे । उनले भने, “नेपाल सम्वत्लाई कार्यान्वयन गर्नका लागि यसलाई अझै व्यवस्थित गर्नुपर्नेछ, अब यो एप कार्यान्वनमा जान्छ ।” 

सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल सम्वत्, विक्रम सम्वत् र इस्वी सम्वत् प्रयोग गर्न सकिने छ । यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए । 

उनले यो सफ्टवेयरबाट नेपाल सम्वत्सँगै विक्रम सम्वत् र इस्वी सम्वत्को सयौँ वर्ष अगाडि र पछाडि गएर बार, गते, वर्ष एवम् तिथी हेर्न सकिने बताए । वर्तमान सकारले नेपाल सम्वत्लाई अनिवार्यरुपमा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लागू गरिसकेको अवस्थामा भइसकेको अवस्थामा उक्त एप तथा सफ्टवेयरले कामकाजमा सहयोग हुने विश्वास लिइएको छ । सो अवसरमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अधिकारकर्मी मल्ल के सुन्दरलगायतको उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...