नेभिगेशन
सबै कुरा

स्वास्थ्यमन्त्रीका जनस्वास्थ्य सल्लाहकार : नबिल बैंकका कर्मचारी

२० भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले नबिल बैंकका शाखा प्रमुख विश्वरुप खड्कालाई जनस्वास्थ्य सल्लाहकारमा नियुक्त गरेका छन् ।  स्वास्थ्यमन्त्री बस्नेतको प्रस्तावमा असार १२ गते बसेको  मन्त्रिपरिषद्को बैठकले नै खड्कालाई अवैतनिक जनस्वास्थ्य सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनस्वास्थ्य सल्लाहकार हुन चिकित्सा शास्त्रमा एमडी गरेको वा स्वास्थ्य क्षेत्रमा लामो समय अनुभव भएको हुनुपर्छ । तर मन्त्री बस्नेतले नियुक्त गरेका खड्काको योग्यता भने बैंकिङ क्षेत्रमा रहेको छ । उनी यसअघि नबिल बैंकको दाङ घोराही शाखा प्रमुख थिए । बस्नेत स्वास्थ्य मन्त्री बनेसँगै ४ महिनाअघि उनी काठमाडौं आएका थिए ।

Marvel

सिधाकुराले खड्कालाई स्वास्थ्य सल्लाहकार हुन तपाईंको योग्यता के छ भन्ने प्रश्न गरेको थियो ? जवाफमा खड्काले आफू २२ वर्षअघि बस्नेत स्वास्थ्य राज्यमन्त्री भएको समयमा पनि सचिवालयमा भएको बताए । तर स्वास्थ्य क्षेत्रमा भने आफ्नो अनुभव नभएको स्वीकार गरे । उनले भने, ‘यसअघि म नबिल बैंकमा थिएँ, अहिले मन्त्रीज्यूको दैनिक काम कारवाहीमा सहयोग गर्छु ।’

जनस्वास्थ्य सल्लाहकार नियुक्त भएपछि मन्त्री बस्नेतलाई स्वास्थ्य सम्बन्धी नीति निर्माण तथा कामकारवाहीका बारेमा सल्लाह दिनुहुन्न ? भन्ने हाम्रो प्रश्नमा खड्का भन्छन्, ‘त्यो त स्वास्थ्य मन्त्रालयकै कर्मचारीले दिइहाल्छन् नी ।’

स्वास्थ्यमन्त्री बस्नेतको सचिवालयका एक कर्मचारीले विश्वरुप खड्का यसअघि पनि मन्त्रीको सचिवालयमा बसेकाले मन्त्रीको कामकाजमा सहजिकरणका लागि ल्याइएको बताए । उनले भने, ‘मन्त्रालयमा जनस्वास्थ्य सल्लाहकार चिकित्सक नै राख्नुपर्ने भएपनि उहाँलाई कुनै सेवा सुविधा नदिने गरी नियुक्त गरिएको हो ।’

स्वास्थ्यमन्त्री बस्नेतले जनस्वास्थ्य सल्लाहकारमा विश्वरुप खड्का बाहेक अन्य विषय विज्ञलाई नियुक्त गरेका छैनन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
होटल हिमालयमा इनमसँग इमान साटेका श्रीमान् !

होटल हिमालयमा इनमसँग इमान साटेका श्रीमान् !

कुनै व्यक्तिले आफू प्रधानमन्त्रीको प्रतिनिधि हुँ भन्छ भन्दैमा न्यायाधीशले उसलाई भेट्नुपर्ने बाध्यता रहन्छ? प्रधानमन्त्रीको प्रतिनिधि भएको दाबी गर्दैमा पत्याइहाल्नुपर्छ त? त्यसको विश्वसनीयता बुझ्नुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीको प्रतिनिधि...
हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

न्यायाधीश पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी समाचारमा उल्लेख गरिएका व्यक्तिलगायत अन्य कसैसँग आफूको भेटघाट नभएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी सुधार गरिँदै

सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी सुधार गरिँदै

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले विभिन्न समयमा उठाउनुभएका प्रश्नको आज सदनमा जवाफ दिदै सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी तथा उत्पीडनका घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम...