नेभिगेशन
सबै कुरा

हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका अंगरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंका बडिगार्ड रामकुमार धिमाल र दीपक खड्कालाई रिहा गर्न आदेश दिएको हो ।

Global Ime Bank

धिमाल र खड्कालाई गत चैत ५ मा सर्वोच्च परिसरबाट एसएल आर २२ बोर र गोलीसहित पक्राउ गरिएको थियो । लाइसेन्स सहितको हतियार बोक्दा पक्राउ गरेका भन्दै प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए । 

सर्वोच्चले खड्काको नाममा हतियार बोक्न पाउने लाइसेन्स भएको र अदातल परिसरमा अर्का बडिगार्ड धिमालले उक्त हतियार बोक्नुलाई अन्यथा भन्न नमिल्ने भन्दै उनीहरुलाई रिहा गर्न आदेश दिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ । विगतमा होटल समेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् । दृश्यावलोकनका लागि व्यास...
इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

नेपाल जारी प्रतियोगितामा अपराजित छ । सिङ्गापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिङ्गापुरले पनि सबै खेलहरू जितेको थियो ।
नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह

नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह

विद्यालयका प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आउँदो एक महिने अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरुले केही विद्यार्थीहरूमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय,...
काभ्रेको बनेपा नगरपालिका १ र ४ को सीमास्थल नालामा पुल भाँचियो

काभ्रेको बनेपा नगरपालिका १ र ४ को सीमास्थल नालामा पुल भाँचियो

काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।