नेभिगेशन
सबै कुरा

हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका अंगरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंका बडिगार्ड रामकुमार धिमाल र दीपक खड्कालाई रिहा गर्न आदेश दिएको हो ।

Ncell
Extreme Energy

धिमाल र खड्कालाई गत चैत ५ मा सर्वोच्च परिसरबाट एसएल आर २२ बोर र गोलीसहित पक्राउ गरिएको थियो । लाइसेन्स सहितको हतियार बोक्दा पक्राउ गरेका भन्दै प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए । 

सर्वोच्चले खड्काको नाममा हतियार बोक्न पाउने लाइसेन्स भएको र अदातल परिसरमा अर्का बडिगार्ड धिमालले उक्त हतियार बोक्नुलाई अन्यथा भन्न नमिल्ने भन्दै उनीहरुलाई रिहा गर्न आदेश दिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...