नेभिगेशन
सबै कुरा

काठमाडौं १६ का वडाध्यक्ष रिजालको निधन, श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको सिभियर निमोनियाका कारण  ५३ वर्षको उमेरमा निधन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुबै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको अस्पतालले जनाएको छ ।

Extreme Energy

डेंगु संक्रमण भएपछि उनी आइतबार अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

रिजाल  काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षमा दोस्रो पटक निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापति समेत थिए ।

रिजाल  नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका थिए । रिजालको पार्थीब शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ बजे राष्ट्रिय सभागृहमा राखिने महानरपालिकाले जनाएको छ । 

वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।