नेभिगेशन
सबै कुरा

'सहकारीमा रवि विरुद्ध कुनै प्रमाण छैन, समस्या जिबी राई हुन्' आइजिपी कुँवर

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक(आइजिपी) बसन्तबहादुर कुँवरले सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध कुनै तथ्य नभएको जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राज्‍य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिदै आइजिपी कुँवरले लामिछानेविरूद्ध अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताएका हुन् । उनले भने ‘अहिले सहकारीको विषयमा अलिअलि सांकेतिक रूपमा आयो। ठाडो उजुरीको रूपमा इस्यू आयो दर्ता भयो। तर कुनै पनि काम अनुसन्धान गर्दा तथ्य प्रमाणमा भेटिँदैन। कानुनी दायरामा पर्ने अवस्था छैन। र अहिले त्यो जुन सांकेतिक रूपमा आएको छ रवि लामिछाने भन्ने त्यो विषयमा अहिलेसम्मको तथय प्रमाणमा कुनै पनि आधार देखिँदैन,’ । 

Ncell
Extreme Energy

यस्तै आइजिपी कुँवरले सहकारीको मुख्य समस्याको जड जिबी राई भएकाले उनलाई नेपाल ल्याउन सबै प्रयास गरिरहेको बताए । उनले भने ‘जिबी राईको सन्‍दर्भमा हामी संवेदनशील छौं। किनकी यो समस्याको मुख्य जड त्यही हो भन्ने हामीलाई लाग्छ। डिफ्युजन नोटिस जारी भयो। सुपुर्दगी गर्न पत्र पठाऊ भन्यो। हामीले परराष्ट्र मन्त्रालयमार्फत् पत्र पठायौं। त्यो अहिले इन्टेरियर मिनिस्ट्रीमा गएर बसेको छ। तर मलेसियन सरकार अहिले यति हुँदाहुँदै पनि बाध्य भएको छैन,’।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...