नेभिगेशन
सबै कुरा

सुन तस्करी प्रकरणमा जीवन चलाउनेमाथि अनुसन्धान गर्न प्रहरी जुटिसकेको छ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेमाथि विस्तृत अनुसन्धान सुरु भइसकेको बताएका छन् । बिहीबार सांसदको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूको प्रश्नमा जवाफ दिँदै लामिछानेले यस्तो धारणा राखेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुन तस्करी छानबिन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाए लगत्तै सरकारले प्रतिवेदन कार्यन्वयन गर्ने निर्णय गरेको भन्दै उपप्रधान एवम् गृहमन्त्री लामिछानेले कोही पनि दोषी नउम्कने बताए । 

Extreme Energy

प्रतिवेदनमा  तस्करी प्रकरणमा जीवन चलाउनेको भूमिका महत्वपूर्ण रहेको बारे उल्लेख भएको भन्दै लामिछानेले उनलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने बताए । ‘आयोगको प्रतिवेदनलाई गम्भीरतापूर्वक हेरिरहेका छौँ । प्रतिवेदन कार्यन्वयनमा गइसकेको छ,’ उपप्रधान एवम् गृहमन्त्री लामिछानेले भने, ‘चलाउने लगायतका अन्य धेरै मानिसबारे अनुसन्धान सुरु भइसकेको छ । ’ 

आयोगको प्रतिवेदनमा केही संवेदनशिल सूचना रहेको भन्दै तत्कालै सो प्रतिवेदन सार्वजनिक नगरिने भन्दै गृहमन्त्री लामिछानेले उपयुक्त समयमा प्रतिवेदन सबैले बढ्नेगरि उपलब्ध हुने बताए ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...