नेभिगेशन
सबै कुरा

सुन तस्करी प्रकरणमा जीवन चलाउनेमाथि अनुसन्धान गर्न प्रहरी जुटिसकेको छ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेमाथि विस्तृत अनुसन्धान सुरु भइसकेको बताएका छन् । बिहीबार सांसदको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूको प्रश्नमा जवाफ दिँदै लामिछानेले यस्तो धारणा राखेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुन तस्करी छानबिन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाए लगत्तै सरकारले प्रतिवेदन कार्यन्वयन गर्ने निर्णय गरेको भन्दै उपप्रधान एवम् गृहमन्त्री लामिछानेले कोही पनि दोषी नउम्कने बताए । 

Ncell
Extreme Energy

प्रतिवेदनमा  तस्करी प्रकरणमा जीवन चलाउनेको भूमिका महत्वपूर्ण रहेको बारे उल्लेख भएको भन्दै लामिछानेले उनलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने बताए । ‘आयोगको प्रतिवेदनलाई गम्भीरतापूर्वक हेरिरहेका छौँ । प्रतिवेदन कार्यन्वयनमा गइसकेको छ,’ उपप्रधान एवम् गृहमन्त्री लामिछानेले भने, ‘चलाउने लगायतका अन्य धेरै मानिसबारे अनुसन्धान सुरु भइसकेको छ । ’ 

आयोगको प्रतिवेदनमा केही संवेदनशिल सूचना रहेको भन्दै तत्कालै सो प्रतिवेदन सार्वजनिक नगरिने भन्दै गृहमन्त्री लामिछानेले उपयुक्त समयमा प्रतिवेदन सबैले बढ्नेगरि उपलब्ध हुने बताए ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।