नेभिगेशन
सबै कुरा

सुरक्षा दिने प्रहरी आफै असुरक्षित

बागलुङ । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुङ्गाहरुले प्लास्टिक अठ्याइएको छ । यो दृश्य मालढुङ्गा प्रहरी चौकीको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागलुङ जिल्ला प्रवेशद्वार छेउमै रहेको यो प्रहरी चौकी निकै साँघुरो र जीर्ण छ । पानी पर्दा चहिने र हावाहुरी चल्दा छानो नै उडाउने समस्याले यहाँ बस्ने प्रहरी आजित बनेका छन् । जिल्लाको मुख्य नाकाका रुपमा रहेको मालढुङ्गा सुरक्षाको हिसाबले निकै संवेदनशील क्षेत्र हो । संवेदनशील क्षेत्रमै प्रहरी चौकीको अवस्था निकै दयनीय छ । यहाँ बस्ने सुरक्षाकर्मी आफैँ असुरक्षित छन् । मालढुङ्गा नाकाबाट दैनिक सयौँ सवारी साधान र हजारौँ यात्रु ओहोरदोहोर गर्दछन् । 

Extreme Energy
citizen life

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने मालढुङ्गा बागलुङ मात्रै नभई म्याग्दी, मुस्ताङसहित पश्चिम नेपालकै प्रवेशद्वार हो । यी प्रवेशद्वारबाट रुकुम, जाजरकोट हुँदै पश्चिम नेपालका विभिन्न जिल्लामा सवारी साधन गुड्छन् । आपराधिक गतिविधि गर्नेदेखि सबै थरीका मानिस यात्रा गर्ने मुख्य नाका भए पनि प्रहरी चौकीको अवस्था जीर्ण र असुरक्षित छ ।

बस्ने, खाना खाने ठाउँ पर्याप्त नहुँदा यहाँ बस्ने सुरक्षाकर्मीले सास्ती खेप्नु परेको बताउँछन् । विसं २०६३ पुसमा स्थापना भएको उक्त प्रहरी चौकीको आफ्नै भवन र जग्गा पनि छैन । हाल प्रहरी चौकी रहेको जग्गा बागलुङ भगवती गुठीको हो । 

जिल्लाभर २८ स्थानमा प्रहरी चौकी रहेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । तीमध्ये १३ चौकीको आफ्नै जग्गा र भवन छभने आठवटाको जग्गा भए पनि भवन निर्माण हुन सकेको छैन । सात चौकीको जग्गा र भवन केही नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।उनका अनुसार केही चौकीको आफ्नै भवन भए पनि कच्ची र पुराना छन्भने केही भाडाका घरबाट सञ्चालित छन् । 

नागरिकको सुरक्षामा खटिने प्रहरीनै असुरक्षित घरमा बस्दै आएका छन् । जीर्ण भवनमा बस्दा कति बेला के घटना हुने हो भन्ने जोखिम रहेको मालढुङ्गा प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले बताए । उनले साँघुरो घरमा बसेर काम गर्दा धेरै समस्या पर्ने गरेको सुनाए । “ठाउँ निकै साँघुरो छ । १८ घण्टासम्म ड्युटी पर्छ, बस्ने ब्यारेक छैन, खाना खाने ठाउँ गतिलो छैन, शौचालय गतिलो छैन । निकै अप्ठ्यारोमा गुजारा चलाएका छौँ । यो मुख्य नाका हो, यहाँबाट धेरै ठाउँमा गाडीहरु आउजाउ गर्छन्,” भुजेलले भने, “कहिलेकाहीँ आपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्तिलाई समाएर होल्ड गर्ने ठाउँ पनि छैन । घर पनि भत्किन थालेको छ । कति बेला के घटना हुन्छ भन्ने थाहै हुँदैन । जसोतसो मिलेर बस्दै आएका छौँ, माथिल्लो निकायमा पनि बारम्बार जानकारी दिएका छौँ ।”

निसीखोला गाउँपालिका–५ निसीमा रहेको प्रहरी चौकीको अवस्था पनि निकै दयनीय छ । निसी प्रहरी चौकी निसीखोला किनार छेउमै रहेको सयौँ वर्ष पुरानो भवनबाट सञ्चालित छ । दुई तले ढुङ्गा माटोले बनेको उक्त घर जीर्ण बनेको छ । द्वन्द्वकालमा यस प्रहरी चौकी विस्थापित भएको थियो । शान्ति सम्झौतापछि पुनःस्थापित भएको थियो । 

यस क्षेत्रमा केही वर्ष अगाडिसम्म लडाइँ, झगडालगायत अन्य नकारात्मक गतिविधिहरु निकै हुने गरेको स्थानीय बताउँछन् । द्वन्द्वकालमा कैयौँ पटक प्रहरीमाथि कुटपिट हुनाका साथै चौकी नै कब्जा भएको थियो । पछिल्लो समय समुदायमा जनचेतना वृद्धि भएपछि यहाँ नकारात्मक गतिविधि हुन छोडेका प्रहरी चौकी प्रमुख एवं प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले बताए। “खोला छेउमा रहेको चौकीमा कार्यरत प्रहरीहरु वर्षातको समयमा प्रयाजसो जागराम बस्ने गर्छन् । निसीखोला उर्लेर आयो भने चौकीको छेउमा भल आउँछ । केही वर्ष अघि स्थानीयले तटबन्धन गरे पनि निसीखोलामा बाढी आउँदा बाँधले छेक्न सक्दैन”, उनले भने ।

हिउँदको समयमा समस्या नपरे पनि वर्षातमा निकै दुःख भोग्नु पर्ने प्रसनि गुरुङले बताए । उनले ठूलो पानी परेमा घर चुहिने हुँदा त्रिपाल हालेर बस्नुपर्ने अवस्था रहेको बताए। हिउँदको समयमा समस्या नभएको भन्दै वर्षातमा ज्यानै जोखिममा पर्ने खतरा रहेको उनको भनाइ छ । “यो घर दुई÷तीन सय वर्ष पुरानो रहेछ, मर्मत सम्भार गर्न सक्ने स्थिति पनि छैन । ठूलो पानी पर्ना साथ चुहिने गर्छ, त्रिपाल नहाली बस्नै सकिँदैन”, प्रहरी सहायक निरीक्षक गुरुङले भने, “बर्खामा खोलाले ठूला–ठूलो ढुङ्गामुढा बगाएर ल्याउँछन्, ती ढुङ्गामुढा भित्रै आउँछ कि भन्ने डरले रातभर उठेर बस्नु पर्छ, दुई तलाको माटोले बनेको घर पुरानो भएर होला धुलो खसी रहन्छ । माथिल्लो निकायबाट सहयोग भए त भवन बन्ने थियो, अहिलेसम्म जग्गाको प्रक्रियामा छौँ ।” उनका अनुसार प्रहरी चौकीका लागि वडा नं ५ को  मधुबाङमा जग्गा व्यवस्थापन भएको छ । 

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कँडेलले जिल्लाको धेरै ठाउँमा रहेका चौकीको आफ्नै भवन नभएको बताए। मालढुङ्गा प्रहरी चौकी बढी संवेदनशील ठाउँमा भएकाले यसको व्यवस्थापनका लागि बागलुङ नगरपालिका र बागलुङ कालिका भगवति गुठी व्यवस्थापन समितिसँग छलफल भइरहेको उनले जानकारी दिए। प्रहरी चौकीको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुने भन्दै जग्गा व्यवस्थापन र भवनका लागि पहल भइरहेको उनको भनाइ छ ।

“भवन बनाउनका लागि निश्चिम मापदण्डको जग्गा आवश्यक पर्दछ । मापदण्ड विपरीतको जग्गामा कुनै पनि सरकारी भवन बनाउन नमिल्ने हुँदा अहिले जिल्ला प्रहरी कार्यालय मातहतका धेरै चौकीको आफ्नै भवन र जग्गा छैन । त्यसको व्यवस्थापनमा लागिरहेका छौँ”, प्रहरी उपरीक्षक कँडेलले भने, “मालढुङ्गा चौकीका लागि नगरपालिका र गुठी व्यवस्थापनसँग समन्वय गरिरहेका छौँ । यहाँ व्यवस्थित चेक पोस्ट र सिसी टिभी राख्ने योजना पनि बनाएका छौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेन सरकारका ३० दिनः के के भए, के के बाँकी ?

बालेन सरकारका ३० दिनः के के भए, के के बाँकी ?

तर, यो मान्यताका बाबजुद बालेन सरकारले हनिमुन परियडको सुविधा लिएन । संसद बैठकमा रास्वपा सभापति रवि लामिछानेले भनेका थिए– रास्वपा सरकारलाई हनिमुन पिरियडको सुविधा चाहिँदैन, सेकेण्ड सेकेण्ड हिसाब...
नौ महिनामा  काँकडभिट्टाबाट नेपाल आए ४ हजार भुटानी

नौ महिनामा काँकडभिट्टाबाट नेपाल आए ४ हजार भुटानी

नेपाल प्रवेश गरेका पर्यटकमध्ये सबैभन्दा बढी भुटानी नागरिक रहेका छन् । उक्त अवधिमा चार हजार १५४ जना भुटानी पर्यटक नेपाल आएका छन् ।
सहकारी पीडितको रकम फिर्ता प्रक्रिया सुरुः ऋण असुली,  सञ्चालकहरूको सम्पत्ति लिलामी र बचत फिर्ता प्रक्रिया सँगसँगै

सहकारी पीडितको रकम फिर्ता प्रक्रिया सुरुः ऋण असुली, सञ्चालकहरूको सम्पत्ति लिलामी र बचत फिर्ता प्रक्रिया सँगसँगै

प्रतिभा रावलले मन्त्रालय सम्हालेको ३० दिन नपुग्दै सहकारी पीडितको बचत फिर्ताको प्रक्रिया सुरु भएको छ र त्यसका लागि तयार पारिएको कार्यविधि पारित भई राजपत्रमा समेत प्रकाशन भइसकेको छ...
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

अभियानअन्तर्गत काठमाडाँै उपत्यकाका साथै रुपन्देही, नुवाकोट, पर्सालगायत देशका विभिन्न स्थानमा अवैध रूपमा निर्माण गरिएका संरचना धमाधम हटाउन थालिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थित सरकारी जग्गा अक्रिमण गरी...