नेभिगेशन
सबै कुरा

सादा पोशाकमा प्रहरी परिचालन नगर्न निर्देशन

काठमाडौँ । नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन गरेको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो।

‘त्यस कार्यालय तथा मातहत समेतबाट  हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरुको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ ।’ परिपत्रमा भनिएको छ। 

Global Ime Bank

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फेरिएको काँठ क्षेत्र:  परम्परागत घर हराए, खेत प्लटिङमा फेरिए

फेरिएको काँठ क्षेत्र: परम्परागत घर हराए, खेत प्लटिङमा फेरिए

गाउँ नै रित्तिने गरी भएको बसाइसराइले गाउँमा भएका एकाघरका मानिसहरूलाई पनि सताउने गरेको छ ।  उपत्यकाको काँठ क्षेत्रमा पर्ने सो गाउँहरूमा अहिले रित्ता र भग्नावशेष भएका घरहरू र...
मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ । विगतमा होटल समेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् । दृश्यावलोकनका लागि व्यास...
इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

नेपाल जारी प्रतियोगितामा अपराजित छ । सिङ्गापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिङ्गापुरले पनि सबै खेलहरू जितेको थियो ।
नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह

नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह

विद्यालयका प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आउँदो एक महिने अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरुले केही विद्यार्थीहरूमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय,...