नेभिगेशन
सबै कुरा

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्। कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो । उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो । उनको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए ।

Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फेरिएको काँठ क्षेत्र:  परम्परागत घर हराए, खेत प्लटिङमा फेरिए

फेरिएको काँठ क्षेत्र: परम्परागत घर हराए, खेत प्लटिङमा फेरिए

गाउँ नै रित्तिने गरी भएको बसाइसराइले गाउँमा भएका एकाघरका मानिसहरूलाई पनि सताउने गरेको छ ।  उपत्यकाको काँठ क्षेत्रमा पर्ने सो गाउँहरूमा अहिले रित्ता र भग्नावशेष भएका घरहरू र...
मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ । विगतमा होटल समेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् । दृश्यावलोकनका लागि व्यास...
इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

नेपाल जारी प्रतियोगितामा अपराजित छ । सिङ्गापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिङ्गापुरले पनि सबै खेलहरू जितेको थियो ।
नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह

नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह

विद्यालयका प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आउँदो एक महिने अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरुले केही विद्यार्थीहरूमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय,...