नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईंका अंगरक्षकले बोकेको हतियारबारे छानबिन गर्न सरकारले बनायो समिति

काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ । 

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रसाईंका अंगरक्षकले प्रयोग गर्दै आएको हतियारबाले छानबिन गर्न गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । छानबिन समितिमा गृहमन्त्रालयका उससचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारी रहेका छन् । 

Global Ime Bank

उक्त समितिले जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा इजाजतपत्र नं १०१३१ मा जारी भएको २२ बोर   नम्बरको हतियारको इजाजतपत्र र त्यसको नविकरणका विषयमा छानबिन गरेर दोषीउपचर कारबाही गर्न सिफारिस गर्ने जनाएको छ  । छानबिन समितिलाई त्यसबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

गत चैट ५ मा प्रसाईं हातहतियारसहित आफ्ना २ अंगरक्षकलाई साथमा लिएर सर्वोच्च अदालत पुगेका थिए । सोही स्थानबाट उनका अंगरक्षलाई प्रहरीले पक्राउ गरेको थियो  ।  तर सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले गत चैत १३ मा प्रसाईंका अंगरक्षक रामकुमार धिमाल र दीपक खड्कालाई रिहा गर्न आदेश दिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै ११३ रनको योगफल बनाएको थियो । ११४ रनको लक्ष्य पाएकोे नेपालले  २९...
फेरिएको काँठ क्षेत्र:  परम्परागत घर हराए, खेत प्लटिङमा फेरिए

फेरिएको काँठ क्षेत्र: परम्परागत घर हराए, खेत प्लटिङमा फेरिए

गाउँ नै रित्तिने गरी भएको बसाइसराइले गाउँमा भएका एकाघरका मानिसहरूलाई पनि सताउने गरेको छ ।  उपत्यकाको काँठ क्षेत्रमा पर्ने सो गाउँहरूमा अहिले रित्ता र भग्नावशेष भएका घरहरू र...
मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ । विगतमा होटल समेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् । दृश्यावलोकनका लागि व्यास...
इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

नेपाल जारी प्रतियोगितामा अपराजित छ । सिङ्गापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिङ्गापुरले पनि सबै खेलहरू जितेको थियो ।