नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईंका अंगरक्षकले बोकेको हतियारबारे छानबिन गर्न सरकारले बनायो समिति

काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रसाईंका अंगरक्षकले प्रयोग गर्दै आएको हतियारबाले छानबिन गर्न गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । छानबिन समितिमा गृहमन्त्रालयका उससचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारी रहेका छन् । 

Ncell
Extreme Energy

उक्त समितिले जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा इजाजतपत्र नं १०१३१ मा जारी भएको २२ बोर   नम्बरको हतियारको इजाजतपत्र र त्यसको नविकरणका विषयमा छानबिन गरेर दोषीउपचर कारबाही गर्न सिफारिस गर्ने जनाएको छ  । छानबिन समितिलाई त्यसबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

गत चैट ५ मा प्रसाईं हातहतियारसहित आफ्ना २ अंगरक्षकलाई साथमा लिएर सर्वोच्च अदालत पुगेका थिए । सोही स्थानबाट उनका अंगरक्षलाई प्रहरीले पक्राउ गरेको थियो  ।  तर सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले गत चैत १३ मा प्रसाईंका अंगरक्षक रामकुमार धिमाल र दीपक खड्कालाई रिहा गर्न आदेश दिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...