नेभिगेशन
सबै कुरा

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख राजस्व

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना अवधिमा जथाभावी फोहोर फाल्नेबाट रु ११ लाख ६५ हजार नौ सय जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी तीन सय ८० जनामाथि महानगरले कारबाही गरेको हो ।

 महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुद्दिन मियाँका अनुसार गत २०७९ पुस १७ गतेदेखि जरिवानाको नियम लागु भएकोमा हालसम्म नौ सय जना कारबाहीमा परिसकेका छन् । महानगरले रु २७ लाख दुई हजार छ सय पाँच जरिवानाबापत राजस्व सङ्कलन गरिसकेको छ । 

Global Ime Bank

“घर, पसल र कार्यालयबाट निस्किने फोहर जथाभावी फाल्ने प्रवृत्ति छ”, सरसफाइ शाखा प्रमुख मियाँले भने, “त्यो प्रवृत्ति निरुत्साहित गर्न हामीले जरिवाना गर्न थालेका हौँ ।” अभियानलाई प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने महानगरको योजना छ । 

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सफाइ हुँदै आएको छ । वर्षायाम सुरु हुनुअघि  महानगरपालिकाभित्रका सबै साना ठूला नाला सफा गरिसक्ने प्रमूख मियाँले बताए ।

“मेयर साबको मुख्य चाहना सफा, सुन्दर र वैभव वीरगञ्ज बनाउने हो”, प्रमुख मियाँले भने, “त्यही योजनाअनुसार बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सफाइ गरिरहेका छौँ, तर सरसफाइ कर्मचारी हटाइएकाले समस्या भएको छ ।” 

केही वर्षअघिसम्म वीरगञ्ज महानगर दुर्गन्धित नगरका रुपमा चिनिन्थ्यो । वीरगञ्जलाइ सफा महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि अहिले सफा र सुन्दर देखिन थालेको छ । तर बजेट अभावको कारण सरसफाइ गर्ने कर्मचारी हटाएपछि चुनौती थपिएको प्रमुख मियाँको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै ११३ रनको योगफल बनाएको थियो । ११४ रनको लक्ष्य पाएकोे नेपालले  २९...
फेरिएको काँठ क्षेत्र:  परम्परागत घर हराए, खेत प्लटिङमा फेरिए

फेरिएको काँठ क्षेत्र: परम्परागत घर हराए, खेत प्लटिङमा फेरिए

गाउँ नै रित्तिने गरी भएको बसाइसराइले गाउँमा भएका एकाघरका मानिसहरूलाई पनि सताउने गरेको छ ।  उपत्यकाको काँठ क्षेत्रमा पर्ने सो गाउँहरूमा अहिले रित्ता र भग्नावशेष भएका घरहरू र...
मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ । विगतमा होटल समेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् । दृश्यावलोकनका लागि व्यास...
इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

नेपाल जारी प्रतियोगितामा अपराजित छ । सिङ्गापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिङ्गापुरले पनि सबै खेलहरू जितेको थियो ।