नेभिगेशन
सबै कुरा

पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा तीन जना नियुक्त

काठमाडाैँ । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा तीन जनालाई नियुक्त गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले कार्यकारी समितिको रिक्त सदस्य पदमाऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको जानकारी दिइन् ।

Ncell
Extreme Energy

बैठकले आर्थिक वर्ष २०८१÷८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि रु. ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि रु. ७७ अर्ब ५० करोड स्वीकृत गरेको छ भने वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु. ६० अर्ब र स्थानीय तहहरूको लागि रु.८८ अर्ब स्वीकृत गरिएको उनले बताइन् । 

बैठकले विकास आयोजनाका लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख संख्यामा फरक नपर्ने गरि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी सर्त परिमार्जन गर्न स्वीकृति दिएको छ भने प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कीत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले सरकारको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...