नेभिगेशन
सबै कुरा

ट्याक्सी दुर्घटनाका मृतकको सनाखत, एक अझै बेपत्ता

चितवन । काठमाडौँबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । दुर्घटनापछि एक जना बेपत्ता छन् ।  

प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ । अठार वर्षीय दिवस रोकाय बेपत्ता छन् ।  

Global Ime Bank

चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौँबाट तीन वटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।  

आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक उक्त दुर्घटना भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै ११३ रनको योगफल बनाएको थियो । ११४ रनको लक्ष्य पाएकोे नेपालले  २९...
फेरिएको काँठ क्षेत्र:  परम्परागत घर हराए, खेत प्लटिङमा फेरिए

फेरिएको काँठ क्षेत्र: परम्परागत घर हराए, खेत प्लटिङमा फेरिए

गाउँ नै रित्तिने गरी भएको बसाइसराइले गाउँमा भएका एकाघरका मानिसहरूलाई पनि सताउने गरेको छ ।  उपत्यकाको काँठ क्षेत्रमा पर्ने सो गाउँहरूमा अहिले रित्ता र भग्नावशेष भएका घरहरू र...
मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ । विगतमा होटल समेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् । दृश्यावलोकनका लागि व्यास...
इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

इस्ट जोन कपः उपाधि जित्न नेपाल सामू ११४ रनको लक्ष्य

नेपाल जारी प्रतियोगितामा अपराजित छ । सिङ्गापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिङ्गापुरले पनि सबै खेलहरू जितेको थियो ।