नेभिगेशन
सबै कुरा

जेल अनुभवलाई योग्यता मान्ने नेतालाई रविको चेतावनी, राम्रो अनुसन्धान भए फेरि जेल नसिब हुनसक्छ

काठमाडौँ । राष्टिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जेल बसेको विषयलाई राजनीतिक उपलब्धी मानेर जनताले भोट हाल्न नहुने बताएका छन् । इलामा क्षेत्र नम्बर २ मा उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै सभापति लामिछाने नेताको योग्यता जेल बसेको अनुभवले नभएर काम गर्ने तत्परता र क्षमताका आधारमा तय हुनुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेल बसेको अनुभवलाई राजनीतिक योग्यता मान्ने नेता तथा कार्यकर्ताहरुलाई लक्षित गर्दै सभापति लामिछानेले भने, ‘राजनीतिमा कति वर्ष कटाउने हो मलाई मतलव छैन । जेलमा कति वर्ष बिताउनुभयो मलाई थाहा छैन । अली राम्रोसँग अनुसन्धान गरे फेरि जेल जाने योग देखेको छु ।’ 

Ncell
Extreme Energy

उम्मेदवार मिलन लिम्बु तथा सदनमा पुगेका अन्य सांसदहरुको नाम लिदै लामिछानेले भने, ‘योग्य मान्छेलाई सदनमा लिएर जाने हो । जेलै परेको कुरालाई नै ठूलो कुरा मान्नुहुन्छ भने फेरि तयार हुनुहोस् । धेरै फाइलहरु खुल्दा तपाईँको प्यारो जेल तपाईँहरुलाई फपेरि नसिब हुनसक्छ । जेल जानुमात्र आफैँमा ठूलो गुण होइन । जेल पठाउने आँट बोकेर पनि राजनीति गर्न सकिन्छ भन्ने आँट साहस र विश्वासका साथ इलाम झरेका छौँ । इलाममा हामीले साँच्चै नै अकबरे उम्मेदवार लिएर आएका छौँ ।’

साथै लामिछानेले यो देशमा लामो समयदेखि तानातानर हानाहानको राजनीति चलेको र त्यसको अन्त्यको लागि आफूहरु मैदानमा उत्रिएको बताएका छन् । ‘धेरै वर्ष यो देशमा तानातानको राजनीति चल्यो, हानाहानको राजनीति चल्यो । सिद्धान्त छाँट्ने राजनीति चल्यो । विकास गफमा सिमित भयो । तर मैदानमा चुनावका बेला मात्र चहलपहल चल्यो । चुनाब पछाडी मानिस हराउने राजनीति चल्यो । त्यसैबाट आजित भएर हामी यो मैदानमा उभिएका हौँ । त्यसैबाट हैरान भएर राजनीति नगरेपनि हुने मान्छेहरु हामी राजनीतिमा आएका हौँ ।’ लामिछानेले भने, ‘एउटा पुस्ताले त्याग नगरी देश बन्दैन हामी त्याग गर्न आएका हौँ । जति गाली गर्नुस्, जति चरित्र हत्या गर्नुस्, जतिसुकै दुख दिनुस् । एक पटक यो देशमा योग्य मानिसहरु लिएर जाने हो । यो संसदमा होनहार युवाहरुलाई लिएर जाने हो ।’ 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले आजदेखि दोस्रो चरणको काम अघि बढाइने सहरी विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए ।